बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान जारी, धम्जामा कार्यक्रम सम्पन्न

तिलक थापा,बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले राष्ट्रिय जनमोर्चा बागलुङले दोश्रो चरणको विशेष संगठनात्मक अभियान धम्जामा सम्पन्न गरेको छ । ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा राजमोका राष्ट्रिय परिषद सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापाले सम्बोधन गर्नुभएको थियो । मन्तब्यको क्रममा उहाँले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलाले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई असफल पारिदिनु स्वागत योग्य कदम हो भन्दै सत्ता गठबन्धनको चलखेल सँगै हुने राजनैतिक अस्थिरताले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता खतरामा रहेकोले सतर्क रहन आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा काठेखोलाका अध्यक्ष लक्षमण पुन, जातीय समता समाज बागलुङका सचिव एवं काठेखोला गाउँ कार्यपालिका सदस्य टिका संगम बिक, अखिल नेपाल शिक्षक संघका कुलदिप क्षेत्री, राजमो धम्जाका रनबहादुर पुन लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा धम्जाका अध्यक्ष पूर्णबहादुर थापाको अध्यक्षता, सुनील कुमार खत्रीको स्वागत मन्तव्य र राष्ट्रिय जनमोर्चा धम्जाका सचिव उमेश थापाको सन्चालनमा सम्पन भएको थियो ।

सम्बन्धित सामग्री

जसपाको तीन दिवसीय राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, १७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धरानको लाङ्घाली वन उपभोक्ता समूहको भवनमा आयोजित तीन दिवसीय राजनैतिक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधानबारे, संगठनात्मक कार्यपद्धति, पार्टीको आदर्श, संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद साथै लिम्बुवान र उत्पीडित राष्ट्रियताको मुक्तिका सवालहरु, […]

भारतस्थित नेपाली विद्यार्थीहरुलाई दिइयो राजनीतिक प्रशिक्षण

धनवीर पुन, नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विभागीय मोर्चा अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भारतका विभिन्न राज्यहरुबाट सहभागि विद्यार्थीहरुलाई अखिल (छैठौं)का पूर्व अध्यक्ष कृष्ण अधिकारी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल, अखिल (छैठौं)का अध्यक्ष विमल पोख्रेल र अखिल भारत नेपाली विद्यार्थी संघका अध्यक्ष प्रकाश भण्डारीले प्रशिक्षण दिनुभएको थियो । कृष्ण अधिकारी तात्कालिक राजनैतिक अवस्था, ठाकुर खनालले संगठनात्मक पद्धति र अनुशासन, विमल पोख्रेलले विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनबारे एवं प्रकाश भण्डारीले नेपालमा रोजगारका सम्भावना लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रमको अध्यक्षता विक्रम केसी र सञ्चालन कृष्टी राईले गर्नुभएको थियो । सो कार्यक्रममा सहभागिहरुलाई अजय आचार्यले स्वागत गर्नुभएको थियो ।

गौमुखी गाउँपालिकाको वडा-वडामा प्रशिक्षण, संघर्षसँगै संगठन विस्तार

प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले गौमुखी गाउँपालिकाका विभिन्न वडाहरुमा प्रशिक्षण भेला सञ्चालन गरिरहेको छ । भेलाले टोल टोलमा राजमोको संगठन निर्माणका लागि विभिन्न टोलीहरु निर्माण गरेको छ भने संघर्षका कार्यक्रमसमेत अघि बढाउने निर्णय गरिएको छ । आइतबार (माघ ११ गते) गौमुखी गाउँ पालिकाको वडा नम्बर ७ नारिकोटमा राजमोले देशको तत्कालीन राजनीतिक परिस्थितिबारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेलाले ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध संघर्षको कार्यक्रम तय गर्नुका साथै वडालाइ नौ वटा टोलमा विभाजन गरि संगठनात्मक अभियान सन्चालन गर्न तीन वटा टोलि परिचालन गर्ने निणय पनि गरेको छ । चन्द्रबहादुर केएमको अध्यक्षता, हुकुम बहादुर थापाको संचालन र मधु जिसिको स्वागत भाषणबाट अगाडि बढेको उक्त भेलामा प्रमुख प्रशिक्षकको रूपमा राजमो केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलले प्रशिक्षण दिनु भएको थियो । भेलामा नेकपा (मसाल) प्युठान जिल्लाका प्रवक्ता ज्ञामुराम न्यौपाने, महिला नेतृ तारा पुरी, वडा सदस्य ज्ञानबहादुर कुँवर लगायतले मन्तव्य राख्नु भएको थियोे भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्ढिगढका सदस्य बेगम कुँवरले गित तथा संगीत प्रस्तुत गर्नु भएको थियो । गौमुखी १, २ र ४ मा प्रशिक्षण यस्तै, यसअघि माघ ९ गते राजमोले गौमुखी गाउँपालिका वडा नं ४ पुजामा प्रशिक्षण भेला सम्पन्न गरेको छ । नेता वाशुदेव पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, राजमो जिल्ला सदस्य भरतबहादुर केसी, जिल्ला सल्लाहकार हरिबहादुर केसीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो । भेलाको अध्यक्षता राजमो वडा समितिका अध्यक्ष शालिकराम शर्माले गर्नुभएको थियो भने सञ्चालन बाबुराम केसी र स्वागत कृष्णप्रसाद जैशीले गर्नुभएको थियो । कार्यक्रममा राजमो गौमुखी गाउँपालिकाका अध्यक्ष जनक केसी, अनेमसंघकी जिल्ला सदस्य शान्ता गिरी, जातीय समता समाजका लक्ष्मण सुनार लगायतको आतिथ्यता रहेको थियो । भेलाले वडा नं ४ मा संगठन निर्माण गर्न तीन टोलि परिचालन गर्ने र प्रतिनिधि सभा विघटनविरुद्ध माघ १५ गते मसाल जुलुश गर्ने निर्णय गरेको छ । यसैगरी माघ १० गते गौमुखी गाउँपालिका वडा नं १ र २ को संयुक्त भेला अर्घामा ...

तीब्ररुपमा अगाडि बढ्दै राजमो बागलुङको बिशेष संगठनात्मक अभियान

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले यहि पुष १७ गतेदेखी सञ्चालनगरेको बिषेश संगठनात्मक अभियान तीब्ररुपमा अगाडि बढेको छ । ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर ! गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं! संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराकासाथ सञ्चालित बिशेष संगठनात्मक अभियान अन्तरगत आज (आइतबार) हुग्दीशिर र बुर्तिबाङ टारीखेतमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं.१ ले बरेङ गाउँपालिका वडा नं. २ हुग्दीशिरको पोखराचौरमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले संसद बिघटन गरेको  आरोप लगाउनु भयो । उहाँले सरकारको यो कदमले राष्ट्रियता समेत गम्भीर असर पारेको भन्दै गणतन्त्र र राष्ट्रियता बचाउने जिम्मेवारी हामीलाई आएकोले सघर्षमा लाग्न आग्रह गर्नु भयो । यसैगरी, बिशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा, अतिथि जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुनले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल माया पुन, राजमो बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, राजमो बरेङका सचिव पुर्ण बहादुर पुन, कोषाध्यक्ष शेर बहादुर पुन, अखिल नेपाल युवक संघ बागलुङका सदस्य दुर्गा बहादुर थापा, राजमो बरेङका नेता हिरा बहादुर पुन, घन बहादुर थापा, शेर बहादुर थापा लगायतको आतित्थ्यता रहेको थियो । वडा समितिका अध्यक्ष केयर सिंङ पुनको अध्यक्षता, वडा समितिका सचिव चन्द्र बहादुर श्रीसको सञ्चालन र बरेङ गाउँ समितिका सचिव पुर्ण बहादुर पुनको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । त्यस्तै, टोली नं. ३ ले ढोरपाटन वडा नं. २ बुर्तिबाङ टारीखेतमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख ...

बिशेष संगठनात्मक अभियान : बाताकाचौर र बोेहरागाउँमा कार्यक्रम

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरौं । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं । संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मूल नाराका साथ सञ्चालन गरिरहेको बिशेष संगठनात्मक अभियान अन्तर्गत बाताकाचौर र बोहरागाउँमा कार्यक्रम सम्पन्न भएको छ । शनिबार टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. ३ बाताकाचौरको सिग्दीमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले राजनैतिक स्थायित्व कायम गर्ने प्रतिबद्धता गरेर जनताबाट झण्डै दुई तिहाईको जनमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरेर जनमतको अवमूल्यन गरेको बताउनुभयो । देशलाई अस्थिर बनाएर विदेशी शक्ति केन्द्रलाई निम्तो दिएको भन्दै उहाँले यसले राष्ट्रियतासमेत खतरामा पारेको उल्लेख गर्नुभयो । ढुंगानाले राष्ट्रियतालाई जोगाउन अधिनायकवादी कदम बिरुद्धको सघर्षमा होमिन सबैलाई आव्हान पनि गर्नु भयो । राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापा, जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नरबहादुर पुन लगायतले मन्तब्य दिनु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल माया पुन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापा, प्रगतिशील पत्रकार संघका जिल्ला कोषाध्यक्ष प्रकाश छन्त्याल, राष्ट्रिय जनमोर्चा बरेङ गाउँ समितिका सदस्य तथा वडा सदस्य दिपा सुनार, टेक बहादुर केसी लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष पृथबहादुर पुनको अध्यक्षता, पालिका सदस्य शेरबहादुर पुनको सञ्चालन र वडा समितिका सदस्य पूर्ण बहादुर श्रीसको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । यता, टोली नं.३ ले निसीखोलाको बोहरागाउँमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, जिल्ला सदस्य थमन घर्ती, दुर्गादेबि घर्ती, प्रगती बुढा ...