प्रदेश-२ मा जसपाका महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्री बर्खास्त

काठमाण्डौ – प्रदेश-२ का एक मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई हटाउनुभएको हो ।  जसपा संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाउनुभएको हो ।  पार्टीभित्र विवाद रहँदारहँदै केन्द्रमा म...

सम्बन्धित सामग्री

कोसी प्रदेश सरकारमा थपिए ४ जना मन्त्री र दुई राज्यमन्त्री

मोरङ – कोसी प्रदेश सरकारमा चार मन्त्री र दुई राज्यमन्त्री थपिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कांग्रेसबाट प्रदीप सुनुवार, रामकुमार खत्री, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगरले मन्त्री पदको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए। त्यसैगरी, कांग्रेस प्रदेश सभा सदस्य इन्दिरा […]

मधेस सरकारका मन्त्री, राज्यमन्त्री र सचिवले बुझे ३६ लाख

जनकपुरधाम– मधेश प्रदेश सरकारका एक मन्त्री, राज्यमन्त्री र सचिवले शान्ति–सुरक्षा खर्चको नाममा ३६ लाख रुपैयाँ बुझेका छन्। बिहीबार सार्वजनिक भएको महालेखापरीक्षकको ६० औँ प्रतिवेदनअनुसार मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, राज्यमन्त्री रुबी कर्ण र सचिव रामकुमार महतोले आफ्नो अधिकारमै नरहेको शान्ति–सुरक्षाबापत उक्त रकम बुझेका हुन्। मधेस प्रदेशको मन्त्रिपरिषद्को ०७५ साल जेठ १० गते र […]

सुदूरपश्चिम प्रदेश सरकारमा दुई राज्यमन्त्री थप

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा दुई राज्यमन्त्री थपिएका छन्। शुक्रबार अबेर प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए। उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। […]

बागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिए

बागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । शुक्रबार नेपाली काँग्रेसका तर्फबाट प्रदेश सरकारमा ६ सदस्य थपिएका हुन् ।मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेललाई नियुक्त गरेका हुन् ।प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै शपथ गराएका छन् ।यस्तै,

बागमती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त

बाग्मती प्रदेशमा पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन्।...

सुदूरपश्चिममा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

कैलाली – सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएकाे छ । आज शुक्रवार एक मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका हुन् ।  आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख गङ्गाराज यादवले आज बेलुका पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । लामा नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका अध्यक्ष हुनुहुन्छ । उहाँ कञ्चनपुर क्षेत्र नम्बर १ 'क' बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो ।  साथै अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त हुनुभएको छ । उहाँलाई मुख्यमन्त्री त्रिल...

प्रदेश १ को मन्त्रिमण्डल बिस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

राटनगर, भदौ ३१ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका हुन्। मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बर्नाएका छन् । मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, […]

प्रदेश नम्बर २ मा चार मन्त्री बर्खास्त

प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल सहित ४ मन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ मन्त्री सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन् ।मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएको विषयमा प्रदेश प्रमुख डा.राजेश झा अहिराजलाई जानकारी गराएका छन् । मुख्यमन्त्री राउतले जानकारी दिएलगत्तै प्रदेश प्रमुखको कार्यालयले मौजुद

प्रदेश २ का चार जना मन्त्री बर्खास्त

जनकपुरधाम : प्रदेश २ का ४ जना मन्त्री बर्खास्त भएका छन्।भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारबाट बर्खास्त भएका हुन्।जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतबार अबेर राति हटाएको पत्र प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन्।प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन