सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म उक्त ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ प्रतिशतभन्दा बढी पुगेको हो। कुल ऋणमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ६१ अर्ब ८७ लाख रुपैयाँ छ भने […]
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कर्मचारी नियुक्ति तथा सरुवामा हुने गरेको भनिएको आर्थिक चलखेल, कूटनीतिक नियुक्ति, बजारमा बढ्दो मूल्यवृद्धि र सुरक्षा व्यवस्थालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सुशासन, प्रशासनिक पारदर्शिता र नागरिक सुरक्षासँग जोडिएका विषय उठाएका हुन् । सांसद जगतबहादुर पार्कीले कर्मचारी नियुक्ति तथा सरुवामा […]
नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई मोबाइल एपमार्फत दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक व्यवस्था मिलाउन दिएको निर्देशनको एक महिना बितिसकेको छ । तर, लगानीकर्ताले मोबाइल एपबाटै सेयर किनबेच गर्न पाउने व्यवस्था कहिलेदेखि कार्यान्वयनमा आउँछ भन्ने विषयमा भने अझै स्पष्ट समयसीमा सार्वजनिक भएको छैन । नेपाल धितोपत्र बोर्डले गत भदौ ९ गते नेप्सेलाई […]
Kathmandu. The Flood Forecasting Branch under the Department of Hydrology and Meteorology has forecast a significant rise in water levels in major rivers and small streams across the country for the next five days. The branch urged for caution on Thursday, assessing that the flow of water will increase in Koshi, Narayani, Karnali, Mahakali, and their tributaries. Hydrologist Engineer Sarita Bisht of the branch stated that the risk of floods will increase in the major river basins of the country from Asauj 8 to 12. According to her, the water flow in Saptakoshi at Chatara, under the Koshi river basin, will...
भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ अर्थात् डढुवा रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। फल पाक्ने र टिप्ने समयमा डढुवा लाग्ने, किरा पर्ने तथा बोट सुक्नेजस्ता समस्या बढेपछि उत्पादनमा असर पर्ने चिन्ता बढेको हो। भोजपुर नगरपालिका–५ बोखिमका किसान अनिल श्रेष्ठका अनुसार रोगको सङ्क्रमण सुरु भएको एक साताभित्रै खुर्सानीको बारीमा ठूलो क्षति पुग्ने गरेको […]