चुट्किला : अवश्य बिहे गर्छु

प्रेमीका : तिमी नभएमा म बाँच्न सक्दिनँ । तिमी मसँग कहिले बिहे गर्छौ ? प्रेमी : प्रिय म तिमीसँग अवश्य बिहे गर्छु तर पहिले मलाई आफ्नो परिवारमा सोध्नुपर्छ । प्रेमीका : के तिम्रो बुवाआमाले मान्नु हुन्छ त ? प्रेमी : किन नमान्नु मेरो बुवाआमाले मेरो निजी जीवनमा चासो गर्नु हुन्न तर मलाई त मेरो श्रीमती […]

सम्बन्धित सामग्री

चुट्किला : प्रेमी र प्रेमिका

प्रेमीका : तिमी बिहेपछि चुरोट पिउन छोड्छौ ? प्रेमी : किन नछाड्नु अवश्य पनि छोड्छु । मीका : रक्सी र तास पनि ! प्रेमी : त्यो पनि छोड्छु । प्रेमीका : बिहे अघिचाहिँ के–के छोड्ने विचार गरेका छौँ त । प्रेमी : तिमीलाई ! साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : साथीको बिहे

हरिबहादुर : (रिसाउँदै) मेरो बिहेमा किन आइनस् ? जसरी भए पनि आउनु भनेर चिठी पठाएको थिएँ । मदनबहादुर : तर, मैले तेरो चिठी नै पाइनँ । अनि कसरी आउनु ? हरिबहादुर : त्यसो भनेर हुन्छ ? चिठी पाए पनि नपाए पनि जसरी भए पनि आउनु भनेर लेखेको थिएँ । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : त्यही मेसिनसँग

एउटा साथी अर्को साथीसँग : यार तिमीले झुठ समात्ने मेशिन देखेको छौ ? अर्को साथी : देखेको मात्र हैन मेरो घरमा नै छ । साथी : हो र ? अर्को साथी : हो नि मैले त्यही मेसिनसँग त बिहे गरेको छु । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : पापको सजाएँ

लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाइदा भएको छ । स्वास्नी : (खुशी हुँदै) हो र कसरी नि ? लोग्ने : मलाई मैले गरेको पापको सजाएँ म जिउँदो हुँदै पाइरहेको छु नि त । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : कुनै चासो छैन

श्रीमती : तपाईं त बिहे भएपछि धेरै बदलिनु भएको छ । मुन्द्रे : मैले पहिले पनि भनेको थिएँ त मलाई बिहे भएका महिलाप्रति कुनै चासो छैन भनेर । साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट