काठमाडौं : काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्व सम्पदामा सूचीमा सुचीकृत सात वटा सम्पदाहरूमा आगामी फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म सरसफाइ अभियान सुरु हुने भएको छ। उपत्यका सरसफाइ अभियानले २५ दिने अभियान सञ्चालन हुने जानकारी दिएको छ। अभियानका संयोजक राजमान मानवले उपत्यका सरसफाइ अभियानले काठमाडौं उपत्यकामा लामो समयदेखि सरसफाइ गदै आएको बताए। सरसफाइको सुरुवात टोलबाट गरेको र उपत्यका फोहोर बढ्दै गएपछि बाग्मती, मनोहरा, हनुमन्तेलगायतका ठाउँमा सफाई अभियान चलाउँदै आएको उनको