स्याङ्जा – स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व जोगाउन साप्ताहिक रुपमा सरसफाइ अभियान शुरु गरिएको छ ।
पछिल्लो समय आँधीखोलामा फोहर फाल्ने, जथाभावी बालुवा निकाल्ने लगायतका कार्य भइरहेको भन्दै वालिङका नागरिकले नदी संरक्षणका लागि सक्रियता देखाएका हुन् । नदी संरक्षण संस्था र आँधीखोला बचाउ सरोकार समाजको सक्रियतामा साप्ताहिक रुपमा आँधीखोलाको सरसफाइ गर्न शुरु गरिएको संस्थाका केन्द्रीय अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो ।
मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको आँधीखोला प...