दक्षिणढोका–साँखु सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए । उता, ललितपुरको हरिसिद्धिमा पनि स्थानीयवासीले सडक अवरोध गरेका कारण सवारी आवागमन प्रभाव

सम्बन्धित सामग्री

तनहुँको म्याग्देमा पहिरो खस्दा सडक अवरुद्ध

तनहुँ – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरी बजारमा गएराती पहिरो खसेको छ। पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ।

घोराही-होलेरी सडक अवरुद्ध

१८ साउन, दाङ । वर्षाका कारण पहिरो खसेपछि घोराही-होलेरी सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षातका कारण सडकमा पहिरो खसेपछि  घोराही-होलेरी सडकखण्ड अवरुद्ध बनेको हो । शहीदमार्ग अन्तर्गत घोराही उपमहानगरपालिका-१९ स्थित दुईखोलीमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। पहिरो खसेपछि बिहान पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । […]

म्याग्दीमा पहिरो, बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२, नौनिबगरमा हिजो बेलुका करिब साढे ७ बजे पहिरो खसेको छ । पहिरोका कारण बेनी-जोमसोम सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध

काठमाडौँ- अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपी […]

पहिरोका कारण डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

काठमाडौं, १५ असार । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुलीको गोलन्जोर […]

बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित)

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवमगन प्रभावित भएका छन् । उदयपुरको चादण्डीगढी नगरपालिका–१० र खैराझोडा–९ ज्यामिरे खोलामा आएको बाढी सडकमै बगेका कारण आज बिहान ५ बजे बाट सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाको कारण उदयपुरको कटारी नगरपालिका–१४ […] The post बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध

काठमाडौं । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुधबार बस चढेका यात्रुहरू अलपत्र परेका छन् । अवरुद्ध भएको सडक २ ओटा […]

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

हिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। बुधवार राति आएको अविरल वर्षाका कारण दुई ठाउँमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ। पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ।

स्थानीयद्वारा साँखु जाने सडक अवरुद्ध

काठमाडौँ – काठमाडौँको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि […]

सोलुमा हिमपात : तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

भारी हिमपातका कारण सिद्विचरण राजमार्ग  अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो । सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्णरुपले बन्द भएको  जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिए ।यतायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रका सडकमा दुईदेखि त