काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रालि. र श्रीराम टोबाको प्रालि. ले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। दुवै कम्पनीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको […]
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु,बालबालिका र प्रजनन स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न समिति गठन गरेको छ।
काठमाडौँ । बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मिडिया एयर कन्डिसनर्स र एयर एक्सपर्ट्स प्रालि. ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेका छन्। देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भएका छन्। विशेषगरी रसुवा तथा भोटेकोशी नदी आसपासका […]
२५ भदौ, काठमाडौं । सरकारी कुरियर सेवामार्फत नागरिकका अत्यावश्यक कागजात घरदैलोमै पुर्याउन सुरु गरेको नेपालको हुलाक सेवाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।
एसियन–प्यासिफिक पोस्टल युनियन (एपीपीयूपी) ले प्रदान गर्ने प्रतिष्ठित ‘एपीपीयूपी इनोभेसन अवार्ड २०२६’ अन्तर्गत नेपालले ‘सर्भिस इन …