सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको इजलासमा पेसी तोकिएको छ । आजदेखि सुुनुवाइ हुन लागेको उक्त मुद्धामा प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षक बढुवाविरुद्ध परेको रिट निवेदनलाई साथै राखेर सुनुवाइका लागि पेसी तोकिएको छ । यसअघि, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते …