काठमाडाैँ- सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा पेसी तोकिएको छ। आजदेखि सुनुवाइ हुन लागेको उक्त मुद्दामा प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षक बढुवाविरुद्ध परेको रिट निवेदनलाई साथै राखेर सुनुवाइका लागि पेसी तोकिएको हाे। यसअघि, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते मुद्दाको […]