काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडन र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच आज भर्चुअल वार्ता हुँदैछ । विश्वका सबैभन्दा शक्तिशाली दुई राष्ट्रबीच केही वर्षयता सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । गत साता स्कटल्याण्डको ग्लास्गोमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा अमेरिका र चीन आश्चर्यजनक रूपमा जलवायु परिवर्तनलाई सम्बोध…