रुसद्वारा फिनल्यान्ड र स्वीडेनलाई नेटोमा आबद्ध नहुन आग्रह

रुसले फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ । रुसले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको आरोप समेत लगाउनुभएको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ। आउँदो जुनको सुरुमा फिनल्यान्ड र स्वीडेनको नेटो सदस्यबारे छ...

सम्बन्धित सामग्री

सुरक्षाको खोजीमा स्विडेन र फिनल्यान्ड

युरोपमा असुरक्षा बढेसँगै सुरक्षाका लागि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को आवश्यकता महसुस गरिएको छ । रुस आक्रामक बनेपछि यसका छिमेकी मुलुकले नेटोको सुरक्षा खोजेका हुन् । नेटोलाई थप सशक्त र प्रभावकारी बनाएर रुसको आक्रमणबाट जोगाउनुपर्ने दायित्वबोध गरिएको छ ।

रुसविरुद्ध एक हुँदै युरोपेली देश

संसार जत्तिखेर शीत युद्धको पिकमा थियो, त्यो समयमा पनि फिनल्यान्ड र स्विडेनले आफूलाई कुनै सैन्य समूहमा आबद्ध नगर्ने तटस्थ देशको रूपमा राखेका थिए। यसरी लामो समय तटस्थ रहेका यी दुई देशले अहिले उत्तर एटलान्टीक सन्धि सङ्गठन (नाटो)को सदस्यता लिने तयारी गरेका छन्। युक्रेनमा युद्ध गरिरहेको रुस यी दुई देश पश्चिमा सैन्य सङ्गठनमा आबद्ध भएकोमा क्षुब्ध […]

लोकतन्त्र कमजोर भए शङ्काले हैन, दङ्गाले जलाउँछ लङ्का

आज नेपालको अर्थतन्त्र माथिको शङ्काले लङ्का जलाएको अवस्था छ । के हामी पनि श्रीलङ्का बन्ने मार्गमा अग्रसर छौँ ? श्रीलङ्काको आर्थिक सङ्कट रातारात आएको हैन । त्यस्तै रुस, म्यानमार, अफगानिस्तान, पाकिस्तान जस्ता देशहरूको आर्थिक–राजनैतिक सङ्कट कसरी गहिरियो त ? यसमा मुख्य कारण हो लोकतन्त्रको क्षयीकरण । यी सबै देशको शासकीय प्रणालीलाई राजनैतिक स्थिरता र आर्थिक प्रगतिका साथै मानवीय विकास सूचकाङ्कमा अग्रणी स्थानमा रहेका नर्डिक (फिनल्यान्ड, नर्वे) या न्युजिल्यान्ड जस्ता देशहरूसँग तुलना गर्दा समृद्धिका

फिनल्यान्ड र स्विडेन नेटोमा गए आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

मस्को । स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी भए रुसले बाल्टिक समुद्री क्षेत्रमा परमाणु हमला गर्ने चेतावनी दिएको छ । बाल्टिक समुद्रलाई डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, जर्मनी, लटिभा, लिथुआनिया, रुस, स्विडेन र उत्तर र केन्द्रीय युरोपियन प्लेनले घेरेका छन् ।  रुसको सुरक्षा परिषद्का प्रमुख डिमिट्रि मेडभेडेभले भने, “यदि त्यसो भएमा बाल्टिक परमाणुमुक्त स्थितिमा...

डेनमार्क दोस्रो चरणमा, रुस ४–१ ले पराजित

डेनमार्कलाई अन्तत युरो च्याम्पियनसिपमा खुसी मनाउने बहाना मिलेको छ । आन्द्रेस क्रिष्ट्रिन्सेन र जोआकिम माइल्लेले अन्त्यतिर दुई गोल गर्दा रुसविरुद्ध डेनमार्क ४–१ ले विजयी भयो । ड्याम्सगार्डले ३८ मिनेट गोल गर्दै डेनमार्कलाई अघि बढाएका थिए, युसुफ पाउलसेनले ५९ मिनेटमा अग्रता दोब्बर पारे । ७० मिनेटमा डिजुबाले रुसबाट गोल फर्काउँदा खेल २–१ को अवस्थामा थियो । त्यसपछि दुबैले आक्रमणमा जोड दिए । ७९ मिनेट क्रिस्टेन्सन र ८२ मिनेटमा माइल्लेले गोल गर्दा फिनल्यान्ड ४–१ ले विजयी भयो ।

यूरोकप समूह बी : अन्तिम खेलमा यस्तो छ अंक गणित

युरोकप फुटबलअन्तर्गत समूह बीको खेलमा आज सेन्ट पिटर्सवर्गमा बेल्जियम र फिनल्यान्ड तथा कोपेनहेगनमा रुस र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । यी दुवै खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ मा हुनेछन् ।यस समूहबाट बेल्जियम दोस्रो चरणका लागि छनोट हुने निश्चित छ । समूहमा शीर्ष स्थान हासिल गर्ने हो भने बेल्जियमले खेल बराबरी गरे पुग्छ । बाँकी को–को छनोट हुन्छन् भन्ने तय हुन बाँकी छ ।रुस भर्सेस डेनमार्कयस खेलमा रुस विजयी भए डेनमार्क स्वतः प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिनेछ । त्यस्तै, यो खेल

फिनल्यान्डविरुद्ध रुस विजयी, मिरानचुकको निर्णायक गोल

युरोकप फुटबलमा रुसले फिनल्यान्डलाई १–० ले हराएको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा घरेलु टोलीबाट अलेक्सी मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे ।यससँगै समूह बीमा दुई खेलबाट तीन अंकसहित रुस दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि हेड टु हेडमा पछि परेको फिनल्यान्ड तेस्रो स्थानमा छ । एक खेलबाट तीन अंक बटुलेको बेल्जियम शीर्ष स्थानमा छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । त्यस्तै, फिनल्यान्डले डेनमार्क विरुद्ध १–० को जित निकालेको थियो ।

युरोकपमा आज हुने तेस्रो खेलमा बेल्जियम र रुस भिड्दै

एजेन्सी। युरोकप फुटबल प्रतियोगिताअन्तर्गत आज समुह ‘ए’ को एक र ‘बी’ दुई गरी तीन खेल हुँदैछन्। आज हुने तेस्रो खेलमा समूह ‘बी’मा रहेको बेल्जियम र रुस भिड्दैछन्। रुसको सेन्ट पिटर्सबर्गस्थित क्रेस्टोभ्सकी रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ १२ः४५ बजेबाट सुरु हुनेछ। समूह ‘बी’मा बेल्जियम र रुससँग डेनमार्क र फिनल्यान्ड रहेका छन्।

युरोकपमा आज डेनमार्क र फिनल्यान्ड मैदान उत्रदै

एजेन्सी। युरोकप फुटबल प्रतियोगिताअन्र्तगत आज समुह 'ए' को एक र 'बी' दुई गरी तीन खेल हुदैछन्। आज हुने दोस्रो खेलमा समुह 'बी' मा रहेको डेनमार्क र फिनल्यान्ड भिड्दैछन्। डेनमार्कको कोपनहेगेनस्थित पार्केन रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ९:४५ बजेबाट सुरु हुनेछ। समुह 'बी' मा डेनमार्क र फिनल्यान्डसँगै बेल्जियम र रुस रहेका छन्।

पोल्यान्ड रुससँग बराबरीमा रोकियो

एजेन्सी। पोल्यान्डले गएराति घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रुससँग १–१ को बराबरी खेलेको छ। युरो–२०२० को तयारीमा रहेको पोल्यान्डले याकुब स्वियरचोकको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो। रुसका भिएचेस्लाभ काराभाएभले २१औं मिनेटमा बराबरी गोल फर्काए। युरो–२०२० मा रुस समूह ‘बी’ मा डेनमार्क, फिनल्यान्ड र बेल्जियमविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘ई’ मा स्पेन, स्विडेन र स्लोभाकियाविरुद्ध खेल्नेछ।