काठमाडौं : निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आजका लागि पनि बोलाइएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि पुरानै कार्यसूचीका विषयहरु छन्। तर आजको बैठक पनि चल्ने सम्भावना भने न्यून छ। यसअघि साउन २४ गते र २६ गतेको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो भने २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको एमालेले २३ गतेको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्