काठमाडौं । अभियान लघुवित्तको तेस्रोे वार्षिक साधारणसभा काभ्रेको पनौतीमा बिहीवार सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष बाबुराम थापाले प्रस्तुत गरेको आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साथै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट उमेश दाहाल र नारायणप्रसाद प्रसाईंलाई सञ्चालकमा मनोनीत गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ । सभामा पछिल्लो समय लघुवित्तमाथि थपिएको चुनौतीका विषयमा छलफल भएको थियो ।
आव २०७८/७९ मा संस्थाको सबै वित्तीय सूचकांक उत्साहप्रद रहेको सभाले निष्कर्ष निकालेको छ । चालू आवमा सर्वसाधारणमा शेयर जारी गरेको संस्थाको चुक्तापूँजी २५ करोड रहेको बताइएको छ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले २१ जिल्लाका ६० ओटा शाखामार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।