श्रीलङ्कामा सङ्कटकाल हट्यो, सरकार अल्पमतमा

आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय सङ्कटकाल खारेज भएको  छ । आर्थिक सङ्कट बढेपछि भइरहेको आन्दोलन रोक्न गएको १८ गतेदेखि श्रीलङ्कामा सङ्कटकाल लागू गरिएको थियो । तर, सङ्कटकाल घोषणा भएको दुई हप्ताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार सङ्कटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोतावाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य हुनुभएको हो । सङ्कटकाल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका राष्ट्रपति राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् ...

सम्बन्धित सामग्री

श्रीलङ्कामा ४१ सांसदद्वारा गठबन्धन छाड्ने घोषणा, समर्थन फिर्तासँगै सरकार सङ्कटमा

श्रीलङ्कामा सत्तारुढ दलकासहित ४१ सांसदले समर्थन फिर्ता लिएपछि राष्ट्रपति गोटावाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ । उनीहरुले मिलिजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । गोटावायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । सन् २०१९ मा भएको चुनावमा सत्तारुढ गठबन्धन एक सय ४५ सिटमा विजयी भएको थियो । संसदमा दुई सय २५ सदस्य छन् । आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा राष्ट्रपति राजापक्षको राजीनामा माग्दै प्रदर्शन भइरहेका छन् । राष्ट्रपति गोटावा...