पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । पाँच हजार ६०८ मतसहित एमालेका टासी लामा अध्यक्ष र पाँच हजार ७२२ मत प्राप्त गर्दै एमालेकै सुनिता अधिकारी उपाध्यक्षमा निर्वाचित भएका छन्। उनीहरु दुवै दोस्रो कार्यकालका लागि विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा गठबन्धनका नेकपा (माओवादी केन्द्र) का दोर्जे स्याङ्बोले चार हजार ४५ र उपाध्यक्षमा […]