उदयपुरका पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल

उदयपुर । कोरोना महामारीका कारण बन्द रहेका उदयपुरका पर्यटकीय क्षेत्र विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण दर विस्तारै कम हुन थालेपछि यहाँका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेका हुन् । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलका कारण वर्षैभरि चहलपहल हुने उदयपुरमा यतिबेला पर्यटकीय गतिविधि हुन थालेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढ्न थालेपछि गत वर्ष चैतदेखि बन्द रहेको यहाँका पर्यटकीय स्थल सुनसान थिए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लागू गरेको बन्दाबन्दीका कारण जिल्लाको पर्यटकीय क्षेत्र पूर्ण रूपमा बन्द हुन पुगेको थियो । कोरोना संक्रमण न्यून हुँदै गएको र स्थानीय प्रशासनद्वारा जारी गरिएको बन्दाबन्दी हटाइएपछि यतिखेर उदयपुरमा चहलपहल सुरु हुन थालेको छ ।      कोरोना संक्रमणका बेला पर्यटकको आगमन ठप्पजस्तै हुन पुगेको रौता पोखरी क्षेत्रमा असोज लाग्नासाथ दैनिक सयौंको संख्यामा रौतामाइको दर्शन गर्न र रौताको रमणीयस्थल घुम्न पर्यटक आउन सुरु गरेको रौतामाई गाउँपालिका उपाध्यक्ष कुमारी ठकुरीले बताइन् । जिल्लाको ऐतिहासिक र महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको रूपमा रहेको रौता पोखरी तथा पञ्चकन्यादेवीको मन्दिरमा असोज पहिलो सातादेखि दैनिक करिब १ सयभन्दा बढीको संख्यामा आन्तरिक पर्यटक दर्शन गर्न र घुम्न आउने गरेको रौतापञ्चकन्या मन्दिरका पूजारी गंगा राना मगरले बताए । कोरोना संक्रमण घट्दै गएपछि रौता पञ्चकन्यामाई देवीको दर्शन र पूजा गर्ने, भाकल पूरा गर्ने र रौता पर्यटकीय स्थल घुम्न आउनेको संख्या दैनिक वृद्धि हुँदै गएको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले बताए । उनका अनुसार अहिले पूजा तथा आराधना र रौता क्षेत्रको रमणीय स्थल घुम्न जिल्लाबाहेक सप्तरी, सिरहा, मोरङ, सुनसरी, झापा, धनुषा, सिन्धुली र सर्लाहीसम्मका भक्तजन तथा पर्यटक आउने क्रम सुरु भएको हो । कोरोना संक्रमण घट्दै गएपछि भदौ अन्तिम सातादेखि ८–१० जना पर्यटक आउन सुरु गरे पनि असोज लाग्नासाथ पर्यटक संख्या ह्वात्तै बढेर दैनिक सयौंको संख्यामा पर्यटक आगमन हुन थालेको रौता पर्यटन होमस्टे समितिका सदस्य कुवेर मगरले बताए । पर्यटक संख्यामा विस्तारै वृद्धि हुँदै जान थालेपछि यस क्षेत्रको होमस्टे र होटल पनि विस्तारै सञ्चालन हुन थालेको अर्का होमस्टे सञ्चालक खवीन्द्रराज राईले बताए । उनका अनुसार ५० प्रतिशत भक्तजन मुख्य रौतामाई पञ्चकन्यादेवीको पूजा आराधना गर्न र बाँकी पर्यटक पूजाआराधनाका साथै यो क्षेत्र घुम्न आउने गरेका छन् । रासस

सम्बन्धित सामग्री

२४ सै घण्टा व्यवसाय खुलेपछि पोखराको लेकसाइडमा बढ्यो चहलपहल

चैत ७, कास्की । पोखराको लेकसाइड २४सै घण्टा खुल्ला भएपछि रात्रीकालीन व्यवसाय चम्कन थालेको छ । कोभिड–१९ को संक्रमणका कारण ठप्प भएको व्यवसायलाई चलायमान गराउन सरकारले पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा खुल्ला गर्न दिने निर्णयसँगै पोखराको लेकसाइड क्षेत्रको रात्रीकालिन व्यवसायमा चहलपहल बढेको छ । सरकारले पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, चितवनको सौराह, काठमाडौंको ठमेल र दरबारमार्ग लगायतका क्षेत्रलाई २४ सै घण्टा खुला गर्ने निर्णय गरेपछि खुलेका पर्यटकीय क्षेत्र गुल्जार बन्न थालेका हुन् । प्रहरी प्रशासनको निर्देशनमा लेकसाइडका व्यवसाय यसअघि राति १० बजेसम्म सञ्चालन हुँदै आएका थिए । रातीको समयमा पर्यटक रमाइ रहेको बेला प्रहरीले व्यवसाय बन्द गराउँदा पर्यटक र व्यवसायी दुवैले विगतमा गुनासो गर्दै आएका थिए । विगत दुई वर्षदेखि कोरोना संक्रमणले थला परेको व्यवसाय अव चलायमान होला की भन्ने आशामा   पर्यटन व्यवसायी पनि उत्साहित छन् । कोरोना संक्रमण पहिले पर्यटक आगनम उच्चरुपमा बढ्ने आशमा व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो धनराशी लागानी गरेका थिए । त्यसै समयमा एकाएक कोरोना संक्रमण बढेसँगै सरकारले लकडाउन गरेकाले व्यवसयिक क्षेत्रमा सन्नाटा छाएको थियो । अब, विस्तारै संक्रमण कम हुँदै गएको र सरकारले केही समय पहिले निषेधाज्ञा हटाएकाले पनि पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने योजना बनाएको छ । सरकारको यो निर्णयपछि पोखराका पर्यटन व्यवसायी उत्साहित   भएका हुन् । पर्यटन व्यवसायी गोविन्द शर्माले सरकारले २४ सै घण्टा पर्यटकीय क्षेत्रमा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि थलापरेको पर्यटन उद्योगमा आश जगाएको बताए । उनी भन्छन्, ‘कोरोना संक्रमणका कारण व्यापारव्यवसाय ठप्प  भयो । कोरोना संक्रमण कम भएर खोलिएको समयमा पनि केही मात्रमा आन्तरिक पर्यटक मात्र आए । दुई वर्षदेखि बाह्यि पर्यटक आगमन ठप्पै छ । आन्तरिक पर्यटकको भरमा व्यवसाय चल्ने कुरै भएन । अब, कोरोना संक्रमण रोकिने र रात्रिकालिन व्यवसाय समेत फष्टाएको अवस्थामा व्यवसायीलाई राहत मिल्ने आशा गरेका छौं ।’ उनले विभिन्न देशमा पर्यटकीय क्षेत्र २४ सै घण्टा खुल्ला रहने भएपनि नेपालमा राती १० बजे व्यवसाय बन्द गर्नु पर्दा समस्या झेल्दै आएको बताए ।  उनले सरकारले ढिलै भएपनि पर्यटनमैत्री निर्णय गरेकोले नेपालको पर्यटन क्षेत्रका बारेमा सकारात्मक सन्देश जाने बताए । उनका अनुसार व्यवसायीले विगतमा राती १० बज्न नपाउँदै होटल, रेष्टुरेण्ट बन्द गराउँदै हिंड्ने प्रहरीबाट हैरानी व्योहोर्दै आएका थिए ।  यो निर्णयपछि पोखरालगायत आसपासको व्यवसायमा राम्रो प्रभाव पार्नेछ ।’  गत बुधवार सरकारले २४ सै घण्टा खोल्न दिन निर्णय गरेपछि लेकसाइड पनि राती अबेरसम्म खुल्न थालेको छ । त्यतिमात्र नभएर बेलुका अबेरसम्म व्यवसाय खुल्न थालेपछि आन्तरिक तथा बाह्यि पर्यटक रमाइरहेका छन् । रात्रिकालीन व्यवसायमा होटल, लाउन्ज, डान्स क्लब, रेस्टुरेन्ट, बार, दोहोरी साँझलगायत पर्छन् । व्यवसायीको हितलाई ध्यानमा राख्दै २४ सै घण्टा व्यवसाय खोल्न दिने निर्णय सकारात्मक भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अध्यक्ष सुवेदीले लामोसमयदेखि थला परेको व्यवसाय विस्तारै तंग्रिने पनि बताए । उनले भने,‘२४ सै घण्टा व्यवसाय खोल्नु पर्ने भएकाले दुई सिफ्टमा कर्मचारी आवस्यक पर्ने भएकाले रोजगारी बढछ । रोजगारीसँगै व्यवसायीको आम्दानीसमेत बढ्छ ।’ लामो समयदेखि व्यवसायीले लेकसाइडका व्यवसाय २४ सै घण्टा खोल्नका लागि माग गर्दै आएकोमा अहिले पूरा भएको उनको भनाइ छ ।

ठमेललगायत क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो

८ फागुन, काठमाडौं । सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको तेस्रो चरणको ओमिक्रोन भाइरसका कारण ठप्पजस्तै रहेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै चहलपहल बढ्न थालेको हो । बढ्दो ओमिक्रोन भाइरसका कारण सरकारले रात्रिकालिन व्यवसायमा बन्देज लगाएसँगै सुनसान रहेको ठमेल यही फागुन १ […]

म्याग्दीको टोड्केमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

प्रताप बानियाँ, म्याग्दी। म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र टोड्कमा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ […]

पर्यटकीय क्षेत्र म्याग्दीकाे टोड्केमा पर्यटकको चहलपहल बढ्यो

म्याग्दी – म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । म्याग्दीकाे बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो ।  समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेकाे पर्यटकीय क्षेत्र टोड्केमा खासगरी स्वदेशी पर्यटकको आगमनम...

पर्यटकीय क्षेत्र म्याग्दीकाे टोड्केमा पर्यटकको चहलपहल बढ्यो

म्याग्दी – म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । म्याग्दीकाे बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो ।  समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेकाे पर्यटकीय क्षेत्र टोड्केमा खासगरी स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । टोड्के क्षेत्र भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।  टो...

५ महीनापछि खुले म्याग्दीका शैक्षिक, धार्मिक र पर्यटकीय क्षेत्र

असोज ३, म्याग्दी । कोरोना संक्रमणका कारण विगत पाँच महीनादेखि बन्द रहेका म्याग्दीका शैक्षिक, धार्मिक र पर्यटकीय क्षेत्रहरु खुलेका छन् । यी क्षेत्रहरु खुलेसँगै बजारको रौनक बढेको छ थलिएका व्यापार व्यावसाय, शिक्षण र पर्यटकीय क्षेत्रहरु पुरानै लयमा फर्किन थालेका छन् । शुक्रवारदेखि जिल्लाका शिक्षण संस्था, धार्मिक, पर्यटकीय क्षेत्र र प्राकृतिक चिकित्सालय अर्थात् तातोपानी कुण्डहरु खुला गरिएको छ । कोभिड-१९ को संक्रमणका कारण बन्द गरिएको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड पनि शुक्रवारदेखि नै खुला गरिएको हो । शिक्षण संस्था, धार्मिक र पर्यटकीय क्षेत्रहरु खुला गरिए पछि जिल्लामा चहलपहल बढेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) म्याग्दीको निर्णयअनुसार शैक्षिक संस्था, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र खुला गरिएको हो ।  म्याग्दीमा कोरोना संक्रमण दर घटेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी विद्यालय,तातोपानी कुण्ड र धार्मिक क्षेत्र खुला गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।  सरकारले ल्याएको कोभिड–१९ सम्बन्धी सुक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार यी क्षेत्रहरु खुलाउने निर्णय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए । डीसीसीएमसी बैठकको निर्णयअनुसार म्याग्दीका सबै पालिकामा रहेका विद्यालय फेरि सञ्चालनमा आएका छन् । गएको वैशाख तेस्रो हप्तादेखि म्याग्दीका विद्यालय बन्द भएका थिए भने वैशाख २३ गतेदेखि लकडाउन गरिएको थियो । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ बिग्रिने र अनलाइन कक्षा सञ्चालन गरिए पनि प्रभावकारी नभएपछि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनासहित विद्यालय सञ्चालन गरिएको छ । तातोपानी कुण्ड पनि खुल्यो प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगा तातोपानीमा अवस्थित तातोपानी कुण्ड पनि शुक्रवारदेखि पुनः खुला गरिएको छ । कोरोना भाइरसका कारण गएको वैशाख दोस्रो हप्तादेखि बन्द गरिएको तातोपानी कुण्ड डीसीसीएमसी बैठकको निर्णयअनुसार सञ्चालन गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जानकारी दिएको छ ।  तातोपानी कुण्डको कुल क्षमताको आधारमा तत्कालका लागि ५० प्रतिशतलाई मात्र स्नान गर्ने गरी सञ्चालन गर्न अनुमति दिइएको प्रजिअ अधिकारीले बताए । अहिले म्याग्दीका नागरिकलाई मात्रै तातोपानीका कुण्डमा प्रवेशको अनुमति दिइएको छ । कोरोनाविरुद्धको खोप लगाएको १० दिन नाघेका, ७२ घण्टाभित्रको पीसीआर तथा एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट भएका जिल्लावासीले तातोपानीका कुण्डमा पुगेर स्नान गर्न पाउने छन् ।  मठमन्दिर र देवालयहरुमा जान थाले भक्तजन कोरोना संक्रमणको दर घट्दै जान थालेपछि म्याग्दीका मठ मन्दिर, देवालय, चर्च र मस्जिदहरुमा भक्तजनहरु जान थालेका छन् । शुक्रवारदेखि धार्मिक क्षेत्र पनि खुला गरिएपछि दोस्रो पशुपतिनाथका नामले चिनिएको म्याग्दीको गलेश्वर धाम, पुलस्त्य पुलहाश्रम, जगन्नाथधाम, मालिका धुरीलगायत म्याग्दीका विभिन्न ठाउँमा रहेका धार्मिक क्षेत्रहरुमा भक्तजनहरु पुगेर दर्शन तथा पूजाआजा गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका धार्मिक क्षेत्र पनि स्वास्थ्य मापदण्डसहित धेरै भिडभाड नहुने गरी खुला गरिएको छ ।   शिक्षण संस्था, धार्मिक र पर्यटकीय क्षेत्र खुला भएसँगै बजारमा पनि चहलपहल बढेको छ । पर्यटकीय स्थलहरुमा पनि बढ्यो चलहपहल : लयमा फर्किदै व्यवसायी जिल्लाका पर्यटकीयस्थलहरु खुल्न थालेपछि व्यवसायीहरु पनि उत्साहित भएका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि बन्द भएका पर्यटकीय क्षेत्रहरु शुक्रवारदेखि खुला गरिएको हो ।  कोरोना संक्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीयस्थल खुलाइएको हो ।  प्रशिद्ध पर्यटकीय स्थलघोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, मालिकाधुरी, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, लभ्लीहिल लगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन शुरु भएको छ ।

लामो पुलमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

बागलुङ । बागलुङ र पर्वत जोड्नेगरी निर्माण गरिएको नेपालकै लामोे झोलुंगे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरू भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको वर्षाका कारण घरमै बस्न बाध्य आन्तरिक पर्यटकले पुल वरपरको क्षेत्र भरिभराउ हुन थालेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुलको लम्बाइ ५६७ मिटर रहेको छ । गण्डकी प्रदेशको धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको शहीद उद्यानबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने सो पुलमा अहिले आन्तरिक पर्यटक आउन थालेका हुन् । कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द थियो । अहिले बागलुङ बजारवासी पुल तरेर पर्वतको कुश्मा–१ अदुवाबारीमा घुम्न जाने, रेष्टुराँमा खाजा खाने र कालीगण्डकी किनारामा रमाउने गर्न थालेका छन् । अदुवाबारीमा रहेका आधा दर्जन रेष्टुराँ तथा पसल पर्यटकले भरिभराउ हुने गरेका छन् । कोरोना जोखिम कायमै रहेकाले पुलमा बागलुङ र पर्वत बाहिरका पर्यटक भने खासै आएका छैनन् । निषेधाज्ञा खुकुलो भएसँगै पुलमा घुम्न आउने बढेपछि सुरक्षाका लागि प्रहरीसमेत तैनाथ गरिएको छ । पुल निर्माण गर्दा असर परेको शहीद उद्यानमा बागलुङ नगरपालिका र वन विभागको साझेदारीमा सौन्दर्य अभिवृद्धि गरेकाले पनि पर्यटक बढ्न थालेका छन् । साविक धवलागिरि अञ्चलकै ठूलो जनघनत्व भएको बागलुङ बजार नजिकै शहीद उद्यान र लामो पुल भएकाले पर्यटकको भीड लाग्ने गरेको छ । नियमित रूपमा प्रातः तथा सायमकालीन पैदल भ्रमण गर्नेले समेत पुल र उद्यान भरिन थालेको छ ।      ४० लाखमा गत असारमा उद्यानलाई थप सुन्दर बनाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘पुल निर्माण गर्दा उद्यानमा क्षति पुगेकाले आलोचनासमेत खेप्नुपरेको स्मरण गर्दै पुल निर्माणपछि उद्यानलाई पुनः व्यवस्थित गरेका छौं,’ उनले भने ।  रासस

नयाँ वर्षको पूर्व सन्ध्यामा नगरकोटमा चहलपहल बढ्यो

नगरकोट । नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र नगरकोटमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल देखिएको छ ।  नगरकोटमा तारेदेखि साना गरेर ६७ वटा होटल सञ्चालनमा रहेका छन्  ती होटलमा कार्यरत रहेका १ हजार ३ सय जना कर्मचारी र श्रमिकहरुको काम गर्दै आइरहेका छन् । कोरोनाको त्रास केही देखिए पनि होटलहरूमा पर्यटकको बुकिङ राम्रो भ...

खुम्बुमा पर्यटकको चहलपहल बढ्यो

सुबास दर्नाल/उज्यालो । सोलुखुम्बु, फागुन ८ – सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा जाडो घटेसँगै पर्यटकहरुको चहलपहल बढेको छ । जाडो बढेसँगै पर्यटकीय स...

चिसो कम भएपछि पर्यटकीय क्षेत्र खुम्बुमा बढ्यो चहलपहल

सोलुखुम्बु : जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुमा मानिसको चहलपहल सुरु भएको छ। जाडो बढेसँगै पर्यटकीय सिजन सकिएपछि सुनसान बनेको खुम्बु क्षेत्रमा चहलपहल सुरु भएको हो। क्रमश जाडो कम हुँदै जानु, जाडो बिदा सकिएपछि विद्यालय खुल्नु र जाडो छल्न अन्यत्र गएका खुम्बुवासी समेत फर्कन थालेपछि अहिले चहलपहल बढेको स्थानीय नाम्गेल शेर्पाले बताए...