पर्यटन उद्योगलाई चलायमान बनाउन माग

काठमाडौं, (नेस) । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रम लागू गर्न सरोकारवाहरूको माग छ । होटल संघ नेपाल, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिस्ट बस एसोसिएसन अफ नेपाललगायत एक दर्जनभन्दा बढी संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड महामारीले अत्यन्तै प्रभावित […]

सम्बन्धित सामग्री

निजी क्षेत्रसँग सहकार्य गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग उद्योगीहरुको माग

'देशमा उद्योग स्थापना गर्ने वातावरण सरकारले बनाउनुपर्छ उनले भने, लगानी गर्न उद्योगीहरु धेरै तयारी नै छन्।' सिन्धुली उद्योग वाणिज्य संघको ३१ र ३२औँ साधारण सभामा बोल्दै उनले उद्योग वाणिज्य संघले गर्ने मेला महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुक...

कोभिड महामारीले पुनः सुस्ताउँदै पर्यटन क्षेत्र

काठमाडौं । कोभिड महामारीको असरबाट विस्तारै लयमा फर्किंदै गरेको नेपालको पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासले पुनः सुस्ताउन थालेको छ । पर्यटन क्षेत्रले लय लिँदै गर्दा ओमिक्रोन भेरियन्ट संक्रमण बढेसँगै  पर्यटन क्षेत्र प्रभावित भएको छ । पछिल्ला दिनमा निरन्तर बढिरहेको संक्रमणले व्यवसायी मात्रै होइन, आम सर्वसाधारणलाई चिन्तित तुल्याएको छ । महामारीको प्रतिकूल परिस्थितिका बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसाय चलायमान बनाउन व्यवसायीले माग गरेका छन् । कुल जनसंख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट ‘डेल्टा’जस्तो खतरनाक नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ । कोभिड संक्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक संख्यामा संक्रमित बढेका छन् । पुसको तेस्रो साता झन्डै ३०० हाराहारी संक्रमित रहेकोमा पुस मसान्तसम्म पुग्दा पाँच हजार नाघिसकेको छ । पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका हुन् । साथै उनीहरूले कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ ।      होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । ‘संक्रमण बढे पनि एक्कासि बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन्,’ उनले भने । स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजीक्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ । महामारीको त्रासले होटल क्षेत्र पनि सुनसान जस्तै छन् । विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्ने र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका उपाध्यक्ष शाहले बताए । ‘होटल व्यसाय सुस्त छ, व्यापार छैन, होटल खोलेर के गर्नु मानिसमा अन्योल छ,’ उनले भने । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । कोभिड–१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्रा बढेर स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगरेर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङले बताए । उनका अनुसार योपटक वसन्तकालीन पर्वतारोहणका लागि बुकिङ राम्रो छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खोमबहादुर सुवेदीले महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजीक्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औंल्याए । यस्तै प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चलन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्था हेरेर पर्यटन प्रवर्द्धनको रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै एक्सपिडिसन अपरेटर एशोसिएशनका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने सुझाए । रासस

पर्यटकीय गतिविधिलाई चलायमान राख्न व्यवसायीको माग

२५ पुस, काठमाडौं । जनस्वास्थ्यमको मापदण्डपालना गरी पर्यटन गतिविधिलाई चलायनमान राख्न सरकारसँग पर्यटन व्यवसायीले माग गरेका छन् । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिसँग छलफल गरेको छ । कार्यक्रममा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीले स्वास्थ्य मापदण्डपालना गर्दै पर्यटनलाई चलायमान बनाउन सुझाव दिए । […]

कोभिडले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारसँग माग

कोभिड १९ महामारीपछि थलिएको नेपालको पर्यटन पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन व्यवसायी तथा विज्ञहरूले सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग भेटेर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका हुन् ।उनीहरुले कोभिड महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यसलाई ब्यूँताउन आवश्यक रहेकोमा जोड दिए । व्यवसायी राजाराम गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री आलेसमक्ष पर्यटन क्षेत्रको अवस्थाबारे अवगत गराएको हो । महामारीका का

तीन बुँदे माग राखि स्वास्थ्य राज्यमन्त्रीलाई पर्यटनकर्मीको ज्ञापन पत्र

कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनकर्मीहरूले सरकारसँग ३ बुँदे माग पेस गरेका छन्। उनीहरूले मंगलबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर मागपत्र बुझाएका हुन्।

कहिले उठ्ला पोखराको पर्यटन ?

साउन २७, कास्की । पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ ।  राजधानी काठमाडौंपछि उल्लेख्य संख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ ।  पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक देखिन्छन् न त नेपाली नागरिकहरुको हुल भेटिन्छ । कोभिड १९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करीब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन् । यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदूरको रोजगारी जोखिममा परेको छ ।  बन्दाबन्दीपछि पोखराको पर्यटन बिस्तारै लयमा फर्कने तर्खरमा थियो व्यवसायीले आन्तरिक प्रवर्द्धनात्मक गतिविधि बढाए । मर्दी हिमाल पदयात्रा, धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवर्द्धनका कार्यक्रम गरिएको थियो ।  कोरोनाको दोस्रो लहरले यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेका छन् । कोभिडको दोस्रो लहरपछि पलाएको आशा पनि पुनः तेस्रो लहरको पूर्वसंकेतले पर्यटन क्षेत्रलाई त्रसित तुल्याएको छ । डलरे पर्यटक नहुँदा विदेशी मुद्रा आर्जनको आधारसमेत खुम्चिएको छ । पदयात्रा पर्यटनको ‘ट्रान्जिट प्वाइन्ट’ पोखरामा आन्तरिक पर्यटकले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । पर्यटनका लागि खोपको सुनिश्चितता पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै संघीय सरकारसँग खोपको सुनिश्चितताको माग गरिरहेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा कोरोनाविरुद्धको खोपको व्यवस्थाका लागि अभियान शुरु गरिएको छ ।  परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरूलाई पहिलो चरणमा होटेल तथा रेष्टुरेन्टसहितका मजदुर एवम् व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन सकिए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने बताए । पर्यटन व्यवसायी, मजदूर र कर्मचारीलाई खोपको सुनिश्चितता गराउन सकिए अहिले सुस्ताएको पर्यटनको दीर्घकालीन रुपमा सकारात्मक सन्देश जाने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले बताए । पोखराको प्रतिष्ठित होटेल बाराहीका सञ्चालक पौडेलले कोभिड कहरले पोखराको पर्यटन उठ्नै नसक्ने गरी थला परेको भन्दै पर्यटनलाई चलायमान बनाउन खोपको सुनिश्चिततासँगै राज्यका तर्फबाट थप आर्थिक सहुलियतका प्याकेज आवश्यक भएको औँल्याए । ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था व्यवसायी र मजदुरलाई मिलाइनुपर्छ, सरकारको मौद्रिक नीति तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कसरी पर्यटनलाई उकास्ने भन्ने रणनीतिक कार्यक्रम सम्बोधन गर्न जरुरी छ,’ बोर्ड सदस्य पौडेलले भने । रासस

अर्थतन्त्र चलायमान बनाउन खोप जरुरी

समयमा नै सरकारले कोभिडविरुद्धको खोपको व्यवस्था नगर्दा नेपाली अर्थतन्त्रमा नराम्रो असर पुगेको देखिन्छ । उद्योग व्यवसाय र वैदेशिक रोजगारका लागि कामदार माग भए पनि उनीहरू कोभिडको खोप नलगाएका कारण अयोग्य सावित भएका छन् । यसले गर्दा राष्ट्रिय अर्थतन्त्रको मेरूदण्ड मानिएको विप्रेषणमा पनि असर पुगेको छ । कोरोना भाइरसका विभिन्न भेरियन्टको जोखिम बढ्दै जाँदा नयाँ रोजगारी सृजना हुन सकेको छैन । भएको रोजगारी गुम्ने स्थिति छ । सरकारले खोपको व्यवस्था नगर्दा वैदेशिक रोजगार पनि धराशयी हुने संकेत देखिएको छ । खाडी मुलुकले कोभिड १९ को खोप लगाएका कामदारलाई मात्र स्वीकृति दिएपछि थुपै्र नेपाली कामदार खाडी मुलुक जानबाट वञ्चित भएका हुन् । असारको पहिलो हप्ताको सूचनाअनुसार कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले तोकेको फाइजर बायोटेक, स्पुतनिक ५, सिनोफार्म, अक्सफोर्ड अस्ट्राजेनेका खोप लगाएकालाई मात्रै उसले मान्यता दिएको छ । यी खोप लगाएका कामदारले मात्र त्यहाँ सहजै प्रवेश पाउनेछन् । कोरोनाको पहिलो लहर देखिएपछि कुवेतमा पनि नेपाली कामदार लगिएको छैन भने नयाँ भिसा पनि जारी गरिएको छैन । कुवेतले आगामी साउन १७ गतेबाट कोरोनाको खोप लगाएका कामदारलाई भने श्रमअनुमति दिएको छ । कुवेतले भिसा पाएर नेपालमा बसेका कामदारको अनलाइनबाट नै भिसा नवीकरण गर्न पाउने व्यवस्था गरेको छ जसका कारण उनीहरू साउन १७ गतेबाट कुवेत जान पाउने छन् । तर, सेप्टेम्बरपछि खोप नलगाएकाको भिसा नवीकरण नगरिने बताएको छ । कुवेतको १७, १८, २० र २२ नम्बर भिसा पाएर नेपालमा रोकिएका कामदारले अनलाइनबाट नै भिसा नवीकरण गर्न पाउने व्यवस्था गरिएको छ । साउदी अरबले आफ्ना हवाई उडान कम्पनीलाई कोभिड–१९ विरुद्धको खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनको छ । विनाखोप काम गरेको पाइएमा जरीवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति साउदी अरबको छ । यसरी खोपको अभावका कारण थुपै्र नेपालीले रोजगारी गुमाउनु सामाजिक र आर्थिक रूपमा चुनौतीपूर्ण बन्न पुगेको छ । मलेशियाले १ लाख १७ हजार नेपाली कामदार लैजान माग गरे पनि अहिलेसम्म लैजान सकेको छैन । त्यस्तै कतारबाट ५० हजार, साउदी अरबबाट २६ हजार, साइप्रसबाट १७ हजार, यूएईबाट ५ हजार, रोमानियाबाट ९ हजार, बहराइनबाट १७ सय र ओमानबाट १५ सय नेपाली कामदारको माग भएको व्यवसायीको भनाइ छ । माग भए पनि खोपको व्यवस्था नभएका कारण नेपाली कामदारहरू त्यहाँ जान पाउने छैनन् । सरकारले निजीक्षेत्रलाई पनि कोभिड खोप खरीद गरी विक्रीवितरण गर्न दिएको भए आज यो अवस्था आउँदैन कि भन्ने देखिन्छ । सशुल्क र निःशुल्क खोपको व्यवस्था गरेको भए सक्नेले शुल्क तिरेर पनि खोप लगाउँथे । तर, सरकारले त्यस्तो व्यवस्था नगर्दा कैयन् नेपाली कामदारहरू आफ्नो हातमा रहेको रोजगारी गुमाउन विवश भएका छन् । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिको प्रमुख गन्तव्यका रूपमा कतार, साउदी अरब, यूएई, मलेशिया पर्छन् । नेपाली महिला कामदारका लागि कुवेतपछिको प्रमुख गन्तव्य जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, जर्मनी र इजरायल बनेका छन् । ती देशमा व्यक्तिगत रूपमा श्रमस्वीकृत लिनेमा ८० प्रतिशतभन्दा बढी महिलाहरू रहेका छन् । वैदेशिक रोजगारी नराम्रोसँग प्रभावित भएकै बेलामा स्वदेशी उद्योगी व्यवसायीले सरकारले तत्कालै बहुमत नेपालीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था नगर्ने हो भने मुलुकको अर्थतन्त्र धराशयी हुने चेतावनी दिएका छन् । सरकार राजनीतिक जोडघटाउमा व्यस्त रहँदा आज नेपालीहरूको आर्थिक अवस्था नराम्रोसँग थिलथिलिन पुगेको छ । छिमेकी भारतले नोभेम्बरसम्ममा सबैलाई खोप लगाउने घोषणा गरेर दु्रतगतिमा अगाडि बढ्दा नेपालले अहिलेसम्म त्यसका बारेमा केही सोच्न सकेको छ्रैन । सरकारले खोप व्यवस्थापन नगर्ने हो भने मुलुकको अर्थतन्त्र असहज बन्ने देखिन्छ । यदि धेरैभन्दा धेरैलाई खोप लगाउने हो भने नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । त्यसैले घरमा थुनेर मात्र समस्या समाधान नहुने हुँदा सरकारले तत्कालै खोप व्यवस्थापनलाई सक्रिय रूपमा अगाडि बढाउनु नै आजको आवश्यकता हो । कोभिड–१९ का कारण विश्वभरिका उद्योग धन्दा र व्यवसायमा नराम्रो असर परेको पाइन्छ । हाम्रो देशमा पनि कोरोना महामारीका कारण बन्द भएका व्यवसायहरू अझै सञ्चालमा आउन सकेका छैनन् । कोरोनाका कारण बन्द भएका १० प्रतिशत व्यवसाय सञ्चालनमा आउन नसकेको राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ । केही उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालनमा आउन थालेका छन् । समग्रमा राष्ट्रिय औसतलाई विश्लेषण गर्ने हो भने कोरोना महामारीअगाडिको तुलनामा व्यवसाय सञ्चालनको अवस्था चिन्ताजनक देखिन्छ । कोरोनामहामारीपछि ५३ दशमलव ९५ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखिन्छ भने आंशिक रूपमा ३६ दशमलव ९८ प्रतिशतमात्र सञ्चालनमा आएको देखिन्छ । कोरोनाका कारण बन्द भएका १० प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आउन नसक्दा १३ प्रतिशतले आप्mनो रोजगारी गुमाउनु परेको छ । स्वदेशमै कोभिड–१९ विरुद्धको खोपको व्यवस्था नहुँदा थुप्रै उद्योग व्यवसाय पूर्णरूपमा बन्द छन् । होटेल व्यवसाय, सिनेमा, सार्वजनिक यातायात, शिक्षण संस्था ठप्प छन् । नेपाली अर्थतन्त्रको प्रमुख अंश मानिएको पर्यटन क्षेत्रमा संलग्न १५ लाख मानिस बेरोजगार बन्न पुगेका छन् । देशले पूर्णरूपमा खोपको व्यवस्था गरेको सन्देश विश्वमा फैलिएपछि मात्र नेपालमा विभिन्न मुलुकबाट पर्यटक नेपाल भित्रिने छन् । नत्र त्यसो नगरेसम्म नेपालको पर्यटन क्षेत्र झन् धराशयी हुने देखिन्छ । यसलाई कोरोनापूर्वको स्थितिमा पुर्‍याउन केही दशक लाग्ने देखिन्छ । हालसम्म देशमा करीब ७० प्रतिशतमात्र उद्योग खुले पनि तिनीहरूको उत्पादन भने ३० प्रतिशतमा मात्र सीमित बनेको छ । राजस्वमा योगदान गर्ने वैदेशिक रोजगार, पर्यटन वा उद्योग व्यवसायलाई पूर्णरूपमा चलायमान गराउने अहिलेको महत्त्वपूर्ण विकल्प नै खोप हो । त्यसैले कोभिड–१९ विरुद्धको खोपका लागि सरकारले ढिलाइ गर्न नहुने देखिन्छ । लेखक कौशल उमाविमा अध्यापन गर्छन् ।

पर्यटन क्षेत्रमा खोपको व्यवस्था गर्न माग

पोखरा, ४ असार: पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा रहेकालाई खोपको व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्ले आज विज्ञप्ती जारी गर्दै देशको अर्थतन्त्रलाई माथि उठाउने सो क्षेत्रलाई चलायमान बनाउन खोप आवश्यकता रहेको र यसका लागि स्थानीय, प्रदेश र सङ्घीय […]

स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग

काठमाडौं । पर्यटन व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका छन् । पर्यटन