कहिले उठ्ला पोखराको पर्यटन ?

साउन २७, कास्की । पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ ।  राजधानी काठमाडौंपछि उल्लेख्य संख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ ।  पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक देखिन्छन् न त नेपाली नागरिकहरुको हुल भेटिन्छ । कोभिड १९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करीब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन् । यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदूरको रोजगारी जोखिममा परेको छ ।  बन्दाबन्दीपछि पोखराको पर्यटन बिस्तारै लयमा फर्कने तर्खरमा थियो व्यवसायीले आन्तरिक प्रवर्द्धनात्मक गतिविधि बढाए । मर्दी हिमाल पदयात्रा, धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवर्द्धनका कार्यक्रम गरिएको थियो ।  कोरोनाको दोस्रो लहरले यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेका छन् । कोभिडको दोस्रो लहरपछि पलाएको आशा पनि पुनः तेस्रो लहरको पूर्वसंकेतले पर्यटन क्षेत्रलाई त्रसित तुल्याएको छ । डलरे पर्यटक नहुँदा विदेशी मुद्रा आर्जनको आधारसमेत खुम्चिएको छ । पदयात्रा पर्यटनको ‘ट्रान्जिट प्वाइन्ट’ पोखरामा आन्तरिक पर्यटकले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । पर्यटनका लागि खोपको सुनिश्चितता पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै संघीय सरकारसँग खोपको सुनिश्चितताको माग गरिरहेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा कोरोनाविरुद्धको खोपको व्यवस्थाका लागि अभियान शुरु गरिएको छ ।  परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरूलाई पहिलो चरणमा होटेल तथा रेष्टुरेन्टसहितका मजदुर एवम् व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन सकिए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने बताए । पर्यटन व्यवसायी, मजदूर र कर्मचारीलाई खोपको सुनिश्चितता गराउन सकिए अहिले सुस्ताएको पर्यटनको दीर्घकालीन रुपमा सकारात्मक सन्देश जाने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले बताए । पोखराको प्रतिष्ठित होटेल बाराहीका सञ्चालक पौडेलले कोभिड कहरले पोखराको पर्यटन उठ्नै नसक्ने गरी थला परेको भन्दै पर्यटनलाई चलायमान बनाउन खोपको सुनिश्चिततासँगै राज्यका तर्फबाट थप आर्थिक सहुलियतका प्याकेज आवश्यक भएको औँल्याए । ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था व्यवसायी र मजदुरलाई मिलाइनुपर्छ, सरकारको मौद्रिक नीति तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कसरी पर्यटनलाई उकास्ने भन्ने रणनीतिक कार्यक्रम सम्बोधन गर्न जरुरी छ,’ बोर्ड सदस्य पौडेलले भने । रासस

सम्बन्धित सामग्री

पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य सङ्घको जिल्ला यात्रा

पोखराको पर्यटन प्रवद्र्धन तथा निजी क्षेत्रका साझा मुद्दामा सहकार्य बढाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले देशका विभिन्न उद्योग वाणिज्य सङ्घको भ्रमण गरेको छ । पर्यटनको राजधानीमा आन्तरिक पर्यटक भित्र्याउन सङ्घको टोलीले भक्तपुर, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, उदयपुरको कटारी र त्रियुगा, सुनसरीको धरान, झापाको बिर्तामोड, इलाम, पाँचथर, तेह्रथुम,महोत्तरीको बर्दीबास तथा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य …

पोखराको पर्यटन विकास गर्न युएसआइडीसँग समझदारी

कास्की, २३ कात्तिक : देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्याउने गरी आज एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । पोखरा महानगरपालिका र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) बीच पर्यटन, कृषि, र सूचनाप्रविधि क्षेत्रको विकासमा सघाउन प्राविधिक परामर्श सेवासम्बन्धी समझदारी भएको हो । समझदारीअनुसार पोखरालाई पर्यटकीय केन्द्रका रूपमा विकास […]

दसैंले चलायमान बनाएको पोखराको पर्यटन

लामो समयदेखि पोखराको पर्यटन क्षेत्रले पाहुना नआएको गुनासो गरिरहेको छ। पृथ्वी राजमार्ग बिस्तार चलिरहँदा पाहुना आगमन प्रभावित भएको गुनासो व्यावसायीले गरिरहेका छन्। राजमार्ग बिस्तारको असर अहिले दसैंको लामो बिदामा समेत परेको उनीहरुले बताए।...

पोखराको पर्यटन विकासमा एडीबीको ७ अर्ब अनुदान

३१ भदौ, पोखरा । एसियाली विकास बैंक (एडीबी) ले पोखराको पर्यटन विकासमा ७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्दैछ । दिगो पर्यटन विकास परियोजना अन्तर्गत विभिन्न १५ वटा योजना कार्यान्वयनका लागि एडीबीले पोखरा महानगरपालिकालाई ७ अर्ब रुपैयाँ अनुदान दिएको हो । १५ परियोजनामध्ये ७ वटा कार्यान्वयन प्रक्रियामा गएका छन् भने अन्य योजना टुंगो लाग्न बाँकी […]

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय,व्यवसायी हर्षित

कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन्।...

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पाेखरा । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो । “जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेबु्रअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका थिए । तर विमान […] The post जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखराको पर्यटन प्रवर्द्धन गर्न 'डुलुवा' समूह एक महिने भारत यात्रामा

कास्की – पोखराको पर्यटन प्रवर्द्धन गर्न युवाहरूको 'डुलुवा' समूह एक महिने भारत यात्रामा निस्केको छ । यस अगाडि नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूह पहिलो पटक विदेशमा पर्यटन प्रवर्द्धन गर्न निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवा प्रवर्द्धनका लागि भारतका विभिन्न सहर हुँदै लद्दाखसम्मको यात्रामा निस्केका हुन् ।    पोखरासहित नेपालका प्रमुख पर्यटकीय गन्तव्यकाे प्रवर्द्धन गर्दै टोलीले नेपालको महेन्द्रनगर, भारतको अमृतसर, कश्मीर, कार्गिल, लद्दाख, मनाली, सिम्ला, देहरादून, नैनीताल, हलपुर हुँद...

लयमा फर्कर्दै पोखराको पर्यटन

कास्की, फागुन २९ । कोरोना भाइरसका कारण सुनसान बनेको पोखराको पर्यटन अब भने चहलपहल देखिन थालेको छ । कोभिड–१९ को तेस्रो लहर कम हुनेबित्तिकै आन्तरिक र छिमेकी मुलुक भारतबाट पोखरा घुम्नका लागि पर्यटक आउनेको सङ्ख्या बढ्दै गएको व्यवसायी बताउँछन् । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकको आगमनले आशा पलाएको बताए । उनले भने, “केही […]

पोखराको पर्यटन र चमेरो सरकार !

३ करोड पनि जनसंख्या नभएको मुलुकलाई थिचोमिचो गर्न तम्तयार विदेशी शक्तिहरूको पुजारी बन्न खोज्ने नेताहरूलाई सार्वभौमसत्तासम्पन्न नेपालीहरूले बहिष्कार गर्नैपर्छ । विश्वव्यापी कोरोना संक्रमणको त्रासका बाबजुद नेपालको अत्यन्तै लोकप्रिय गन्तव्य तालैतालकी रानी पोखरामा आन्तरिक पर्यटकहरूको उत्साहजनक उपस्थितिले सन् २०२१ को डिसेम्बर र नववर्ष २०२२ का प्रारम्भिक दिनहरूमा पोखराको पर्यटन उकालो लागेको सम्झेर म र अभिनवले योजना […]

पोखराको पर्यटन बोर्डमा चल्दैछ उत्कृष्ट तस्विरहरुको प्रदर्शनी

पोखरा : पोखराको पर्यटन बोर्डमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्विरहरुको प्रदर्शनी भइरहेको छ। फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटन बोर्डमा प्रदर्शनी भइरहेको हो। मंगलवारबाट सुरु भएको प्रदर्शनी १६ गते शुक्रबारसम्म चल्नेछ। प्रतियोगितामा छानिएका १७५ मध्ये उत्कृष्ट ११७ फोटो प्रदर्शनीमा राखिएको छ।…