विराटनगर : सुनसरीको धरानबाट हतियारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउमान लिम्बूको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले आइतबार हतियारसहित तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का २९ वर्षीय हुकमेन जिमि, धरान-१५ का २४ वर्षीय रोहित राई र धरान-१७ बस्ने दिपक जिमि रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी नवराज मल्लले जानकारी दिए।प