महान्यायाधिवक्ता सविता भण्डारीले अदालतमा विचाराधीन रास्वपा सभापति रवि लामिछाने जोडिएको मुद्दाको अभियोग संशोधन गर्ने विवादास्पद निर्णय गरेपछि उनको भूमिकाप्रति गम्भीर प्रश्न उठेको छ। भण्डारीले ३० पुसमा लामिछाने जोडिएका पाँच वटा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग नै संशोधन गर्ने निर्णय गरेकी थिइन्। भण्डारीको यस निर्णयको चर्को आलोचना भइरहेको छ। यसअघिका कुनै पनि महान्यायाधीक्ताले यस्तो […]
काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । धनुषाको जनकपुरबाट धनकुटाको भेडेटार पुगेर आएको को १ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो । उक्त बसमा शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरु रहेको प्रहरीले जनाएको छ । बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भीक अनुमान गरिएको छ ।
४ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएका खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लब विजयी भएका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले श्री भगवती क्लबलाई ४-० गोलअन्तरले हराएको हो ।
जावलाखेलको जितमा निकोलस ह्यामिल्टन …