अबको बजेटमा २-४ लाखका टुक्रे योजना प्राथमिकतामा पर्दैन : मन्त्री सिंह

सुर्खेत । कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले टुक्रे योजना २-४ लाख बजेटका योजनालाई प्राथमिकता नदिने बताएका छन् । सोमबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धी पत्रकारको राय सुझाव माग गरेका सिंहले टुक्रे योजना वितरण भएको उक्त योजनाबाट कुनै राम्रो रिजल्ट नआएको भन्दै यसलाई प्राथमिकतामा नराख्ने जनाए । सिंहले प्रदेशको बजेटमा अब विचौलियाको घोचपेच […]

सम्बन्धित सामग्री

पर्यटन विकासका नाममा टुक्रे योजना

डोल्पाका सांसद धनबहादुर बुढा २०७४ मा संघीय सरकारमा पर्यटन राज्यमन्त्री भए । उनका भाइ नन्दबहादुर बुढा कर्णाली प्रदेशका पर्यटन मन्त्री थिए । संघीय पर्यटन मन्त्री भएपछि कर्णालीवासी खुसी हुनु स्वाभाविक थियो, कर्णालीको पर्यटन विकासमा पक्कै पनि मन्त्रीले चासो राख्लान् भन्ने । तर, त्यसो भएन, पर्यटन विकासको ४० करोड रकम पूरै डोल्पामा खन्याए ।

‘मन्त्री र सांसदले खल्तीमा योजना बोकेर हिँड्दा संघीयता नै फितलो बन्यो’

साझा तथा एकल अधिकार प्रयोग गर्नका निम्ति कानुन बनाउने, सहकार्य, समन्वय गर्ने काम नगर्ने तर आफ्ना टुक्रे योजना बोकेर हिँड्ने प्रवृत्ति नै घातक भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

टुक्रे योजनामा अर्बौं रकम विनियोजन

सुर्खेत, असार २३ । कर्णाली प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा अर्बौं रकम टुक्रे योजनामा विनियोजन गरेको छ। टुक्रे योजना बनाएर कनिका छरे झैं कार्यकर्तामुखी बनाएपछि बजेटबारेमा विरोधसमेत भएको छ। असार १ गते कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०८०/०८१ को बजेटमा झन्डै चार अर्ब रकम टुक्रे योजनामा विनियोजन भएको थियो। मन्त्री र आसेपासेको सक्रियताले प्रगति […]

बजेटमा जनप्रतिनिधिका ५ हजार टुक्रे योजना माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वैशाख लागेदेखि नै सुरु भएको भीड अझै घटेको छैन । आफ्नो क्षेत्रमा योजना पार्न सांसद, नगरपालिका, गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरूको विभागीय मन्त्री एवं सचिवलाई भेट्न र दबाब दिन दौडधूप रोकिएको छैन । मन्त्रालय स्रोतका अनुसार संघीय मन्त्री, प्रदेश मन्त्री, सांसद, नगर प्रमुख, अध्यक्षले मागेको योजना नै ५ हजारभन्दा बढी छ ।

टुक्रे योजना विकासको बाधक : मन्त्री रोकाया

जुम्ला : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले टुक्रे योजना विकासको बाधक भएको बताएका छन्।नेपाल पत्रकार महासंघ जुम्लाले आयोजना कार्यक्रममा उनले भने, 'कर्णालीको विकासको  बाधक टुक्रे योजना हुन्। जुनसुकै व्यक्ति, परिवार, समुदाय  भए पनि  देशको  समृद्धिको लागि दीर्घकालीन  योजना आवश्यक छ।' मन्त्री रोकयाले  खुसी नेपाल र समृद्ध नेपालीको नारा पूरा गर्न जुम्लालगायत समग्र  कर्णाली विकासका लागि  पत्रकारले कडा रूपमा