प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने जानकारी दिएका हुन् ।बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । सोही अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन् । प्रधानमन्त्री ओली आज दिउँसो राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गर्न शीतलनिवास पनि पुगेका थिए ।प्रधानमन्त्रीले विश्वासको मत लिने व