गभर्नर निलम्बनको विरोधमा कर्मचारी युनियनले राष्ट्र बैंकमा झुण्ड्यायो कालो ब्यानर

 सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधस्वरुप नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउदै कोणसभाको गरेको छ।नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्डाईएको कालो व्यानरमा “केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर', 'निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर श्री महा प्रसाद अधिकारी माथि शुरु गरिएको कारवाही प्रक्रिया अबिलम्ब फिर्ता गर” र “संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर' भन्ने नाराहरु समावेश गरिएको छ।कालो ब्यानर झण्डाउनु अघि नेपाल राष्ट्र बैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले जब जब राज्य संचालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन् तव तव नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए । हालको गभर्नर माथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि बिरोधका कार्याक्रमहरुमा उत्रने गरेको बताए ।यस अघि पनि केन्द्रीय बैंकका गभर्नरहरु क्रमशः कल्याण विक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालिन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरु अख्तियार देखि अदालतसम्म गएर आन्दोलन गरेको अनुभव आफुहरुसँग भएको बताउदै अध्यक्ष तिम्सिनाले गभर्नर माथि गरिएको कारवाही फिर्ता लिन नेपाल सरकारलाई अनुरोध गरे ।उक्त विरोध कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकर प्रसाद भट्टराई लगायतका संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, बालुवाटार र थापाथली समितिका पदाधिकारी तथा सदस्यहरु, साधारण सदस्यहरु, समर्थकहरु, शुभेच्छुकहरु तथा आम कर्मचारीहरुको उपस्थिति रहेको संघले जनाएको छ।

सम्बन्धित सामग्री

गभर्नरलाई कारबाही गरेको विरोधमा उत्रिए राष्ट्र बैंकका कर्मचारी

वैशाख ४, काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरु गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाहीविरुद्ध आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुले गभर्नर अधिकारीमाथि कारबाहीको विरोधस्वरुप आइतवार राष्ट्र बैंकमा कोण सभा पनि आयोजना गरेका छन्। सभामा नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले गभर्नर अधिकारीमाथि गरिएको कारबाही फिर्ता गर्न सरकारसँग माग गरे। कारबाही फिर्ता नभए आन्दोलनका थप कार्यक्रमहरु बाध्य हुने चेतावनी पनि उनले दिएका छन् । यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारहरुले गरेको बर्खास्ती तथा निलम्बनको कर्मचारीहरुले विरोध गरेको पनि उनले बताए।  कर्मचारीहरुले विरोधस्वरुप राष्ट्र बैंकको केन्द्रीय कार्यालयलगायत उपत्यकाबाहिरका कार्यालयहरुमा पनि कालो ब्यानर झुन्डाएका छन्। ब्यानरमा केन्द्रीय बैंकको स्वयत्ततामाथिको हस्तक्षेप बन्द गर्न, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नरमाथि शुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्न र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ।

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौँ- सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधस्वमा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै कोणसभा गरेको हो। राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहर...

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौँ- सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधस्वमा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै कोणसभा गरेको हो। राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहर...

गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौं । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् । अधिकारीमाथिको कारबाहीको विरोधमा राष्ट्र बैंक कर्मचारी संघले आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर झुन्ड्याएको छ । कर्मचारीहरूले राष्ट्र बैंकको स्वायत्ततामाथि नांगो हस्तक्षेप बन्द गर्नुपर्ने, गभर्नर अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्नुपर्नेलगायत माग राखेका...