सभामुखले पक्षधरताको राजनीति गरे, देउवाले ल्याएको अध्यादेश असंवैधानिक : ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति आपत्ति जनाएका छन्। ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष प्रचण्डले बिल्कूल झूट बोलेको दावी गर्दै ओलीले भने, ‘देशका अगाडि बेइमानपूर्ण कुरा गर्ने? मैले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रह्यो।

सम्बन्धित सामग्री

चुनाव भए ओली भर्सेस विपक्षी गठबन्धन

काठमाडौं, १७ जेठ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिए देशको राजनीति फेरि धारा ७६ को उपधारा ३ को बिन्दुबाट अगाडि बढ्न सक्छ या केपी शर्मा ओली र शेरबहादुर देउवामध्ये एक प्रधानमन्त्री बन्न सक्छन् । विघटनकै पक्षमा संवैधानिक इजलाशले फैसला सुनाए देश चुनावमा जान्छ । चुनावमा जाँदा कुन कुन दलबीच गठबन्धन हुन्छ ? […]

असंवैधानिक कदमका विरुद्ध रुकुम त्रिवेणीमा राष्ट्रिय जनमोर्चाको कोणसभा

गिरीप्रसाद बुढा/मुसीकोट ।। राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमको आयोजनामा रुकुम जिल्लाको त्रिवेणी गाउँपालिकामा सञ्चालित घरदैलो तथा जनभेटघाट कार्यक्रमअन्तर्गत झुलनेटा बजारमा कोणसभाको कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र सङ्घीयताको विरोध गरौँ मूल नाराको साथ २०७७ माघ २५ गते सम्पन्न उक्त कोणसभा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज रत्नविक्रम राना प्यासी र राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका अध्यक्ष गिरीप्रसाद बुढाले मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा प्रमुख वक्ता रत्नविक्रम राना प्यासीले वर्तमान ओली सरकारको असंवैधानिक कदमले देशको राजनीति द्वन्द्वको बाटोमा अगाडि बढ्न थालेको हुँदा सम्पूर्ण जनता बेलैमा सचेत हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । मन्तव्यको क्रममा उहाँले सङ्घीयताको खारेजी तथा राष्ट्रियता, गणतन्त्र, र धर्म निरपेक्षताको रक्षाका लागि एकजुट हुन पनि आम जनसमुदायलाई आह्वान गर्नुभो । जनभेटघाट तथा पर्चा वितरणसँगै सम्पन्न उक्त कोणसभामा राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका सचिव खड्कसिं खड्का तथा उपाध्यक्ष तुलबहादुर खत्रीको समेत आतिथ्यता रहेको थियो ।

केपी ओली नेपाली राजनीतिका क्यान्सर भएकाे नेकपाले बुझ्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई संसद् विघटन असंवैधानिक मात्र नभएर संविधानमाथिकाे आक्रमण पनि भएकाे बताएका छन् ।  नेकपा प्रचण्ड - नेपाल पक्षद्वारा आयाेजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुकाे अन्तरक्रियामा उनले व्यवस्था विरुद्धकाे षड्यन्त्रकाे मतियार बनेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाे बताए ।   भट्टराईले प्रधानमन्त्री ओली राजनीति क्यान्सर भएको भन्दै नेकपाले कित्ता स्पस्ट गर्नुपर्न बताए । उनले भने, " किन संयुक्त आन्दोलन हु