एटीआर कम्पनीले भन्यो, ‘विमान दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग रहन्छ’

काठमाण्डाै – पाेखरामा दुर्घटना भएकाे यति एअरलाइन्सको विमानको निर्माता कम्पनी एटीआरले दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग हुने जनाएको छ । नेपालमा एटीआर ७२–५०० विमान दुर्घटनाको खबर प्राप्त गरेको भन्दै एटीआरले पहिलो प्राथमिकता दुर्घटना प्रभावितहरूसँग रहेको र विशेषज्ञसहित अनुसन्धानमा पूर्ण सहयोग रहने जनाएको छ । आज आइतवार काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको एटीआर जहाज पोखराको सेती खोँचमा खसेर दुर्घटना भएको छ । अहिलेसम्म ४० जनाभन्दा धेरैको शव निकालिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

बुद्धले ल्यायो १६ औं एटीआर–७२ विमान

बुद्ध एयरले १६ औं एटीआर–७२ विमान भित्र्याएको छ । बुद्धको एटीआर ७२–५०० शुक्रबार काठमाडौंमा अवतरण गरेको हो । यो सँगै बुद्ध एयरको विमान संख्या १६ पुगेको छ । जसअनुसार १३ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ रहेको छ । यसअघि बुद्ध एयरसँग रहेको २ वटा बिचएयरक्राफ्ट क्यानाडाका कम्पनीलाई बिक्री गरिएको थियो । थप भएको विमानले हाल […]

एनएसीले नयाँ जहाज ल्याउन अध्ययन समिति बनायो, दुई न्यारोबडी र दुई एटीआर थप्ने

काठमाडौं : नेपाल वायुसेवा निगम (एनएसी)ले जहाज थप्न अध्ययन थालेको छ। निगमले उपमहाप्रवन्धक जनक कालाखेतीको संयोजकत्वमा गठन गरिएको समितिले अध्ययन सुरु गरेको हो। सो समितिले अन्तर्राष्ट्रिय तर्फ दुईवटा एयरबसको न्यारोबडी र आन्तरिक तर्फ स्टलका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गरिरहेको छ। 'संचालक समितिको निर्देशन…

माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटीआर

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार एटीआर जहाज हवाई उडानका दृष्टिले निकै सुरक्षित मानिन्छ

६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । काठमाडौंबाट बिहान साढे १० बजे पोखराका लागि उडेको एटीआर–७२ विमान दुर्घटना भएको हो। जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ […]

६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

१ माघ, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन […]

काठमाडौं–सुर्खेत रुटमा अब एटीआर ७२ जहाज उड्ने

२१ मंसिर, काठमाडौं । काठमाडौं–सुर्खेत रुटमा अब एटीआर ७२ जहाज उड्ने भएको छ । यसअघि एटीआर ४२ जहाजले यस रुटमा उडान गरिरहेको थियो । यसले हवाई भाडा महँगो भएको भन्दै स्थानीयले ठूलो जहाज उडाउन माग गरेका थिए । सोही अनुसार बुद्ध एयरले यो रुटमा अब एटीआर ७२ जहाज उडाउने भएको हो । यसबाट सञ्चालन खर्च […]

यती एअरलाइन्सले थप्यो एटीआर ७२–५०० विमान

यती एयरलाइन्सले सेवा विस्तार गर्ने क्रममा एटीआर ७२–५०० विमान थप गरेको छ । यतीको यो छैठौँ विमान हो ।नयाँ विमान सोमबार दिउँसो १५:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रियय विमानस्थल काठमाडौंमा अवतरण गरेको कम्पनीले जनाएको छ । यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, […]

यती एयरलायन्सले थप्यो एटीआर विमान

काठमाडौँ — यती एयरलायन्सले अस्ट्रेलियन कम्पनीबाट भाडा एटीआर–७२ विमान भित्र्याएको छ। सुगम उडानमा ५ वटा एटीआर भएको यतीले सोमबार थपेको ७० सिट क्षमताको विमान अस्ट्रेलियाको एभिएसन इस्ट्रन फिलिट सेकेन्ड पीटीई लिमिटेड नामको कम्पनीबाट लिजमा ल्याएको जनाएको छ। उक्त विमानलाई क्याप्टेन अलिभ ज्यासन जेफ्रीको नेतृत्वको चालकदलले शुक्रबार अस्ट्रेलियाबाट सिंगापुर, थाइल्यान्ड हुँदै नेपाल ल्याएको हो। ११ वर्षदेखि […]

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौं (अस) । वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले बुधबार ७२ सिटे एटीआर जहाज भित्र्याएको छ । योसँगै कम्पनीसँग जहाजको जम्मा संख्या १६ पुगेको छ । पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सीधा उडान गर्न थालेको कम्पनीले थप एक एटीआर ७२ जहाज भित्र्याएको हो । कलसाइन ९ एन–एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याएर आगामी दुई साताभित्र उडान गरिने कम्पनीले बताएको छ । कम्पनीसँग हाल ११ वटा एटीआर ७२, तीन एटीआर ४२ र दुई बिचएयरक्राफ्ट जहाज छन् ।

प्राविधिक परीक्षणपछि बुद्धको एटीआर जहाज सञ्चालनमा

प्राविधिक समस्याका कारण सोमबार आपत्कालीन अवतरण गरिएको बुद्धएयरको एटीआर ७२ जहाज प्राविधिक परीक्षणपछि आजबाट पुनः सञ्चालनमा आएको छ । प्राविधिक समस्याका कारण इण्डिकेटरले काम नगर्दा जहाजले करीब दुई घण्टा आकाशमा फन्को लगाएको थियो । सोमबार बिहान ७३ यात्रु लिएर काठमाडौँबाट विराटनगर विमानस्थल  उडे पनि अवतरणका क्रममा रहेको उक्त जहाजको चक्का नखुलेपछि पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरिएको थियो ।      नाइन एन एएनआइ कलसाइनको उक्त जहाजको प्राविधिक टोलीले मिह...