पहिलो संविधानसभामा सपना प्रधान मल्ल, लक्की शेर्पा, पासाङ शेर्पालगायतको विशेष पहिचान र चर्चा थियो । उनीहरू कुनै दलको कार्यकर्ताका रुपमा नभएर एनजीओ र अधिकारवादी आन्दोलनबाट संविधानसभामा आइपुगेका थिए । तर, उनीहरूलाई नेकपा एमालेले समानुपातिक सभासद बनाएको थियो ।चर्चामा आएका यी नाममध्ये सपना अहिले सर्वोच्च अदालतमा न्यायाधीश छिन् । तत्कालीन आदिवासी–जनजाति महासंघका नेता पासाङ शेर्पा एमाले छाडेर संघीय समाजवादी, नयाँशक्ति अनि माओवादी हुँदै एमालेमै फिर्ता भएका छन् । लक्कीचाहिँ एमाले छाडेर माओवाद