निषेधाज्ञामा रोकिएन सुरुङ निर्माणको काम

काठमाडौं। निषेधाज्ञाको समयमा पनि नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको काम निरन्तर भइरहेको छ। आयोजना प्रमुख नरेशमान शाक्यले निषेधाज्ञामा निर्माणको काम नरोकिने बताए। उनले भने, "स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै कम अगाडी बढाएका छौं।" अहिलेसम्म मुख्य सुरुङ ११४ मिटर र सहायक सुरुङको २३३ मिटर खनिएको उनले बताए। आयोजनामा काम गरिरहेका ६५० जना कामदारलाई त्यँही राखिएको छ।

सम्बन्धित सामग्री

नागढुंगा सुरुङमार्ग : मुख्य सुरुङ चार सय र रेस्क्यु सुरुङ ३५ मिटर खन्न बाँकी

अबको केही महिनामा रेस्क्यु सुरुङ जोडिसक्ने र छिट्टै मुख्य सुरुङ जोड्ने तयारी छ । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको छ ।

तनहुँ जलविद्युत् आयोजनामा अठार सुरुङ खनिए

तनहुँ : जिल्लाको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको छ। आयोजनाको प्याकेज–२ अन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको हो।त्यस्तै एउटा सुरुङ खन्ने काम जारी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। आयोजनाका अनुसार एक हजार तीन सय ८३ दशमलव ८२ मिटरको प्रवेश सुरुङ, दुई सय ७० मिटरको मुख्य प्रवेश सुरुङ, तीन सय ५६ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ–१, एक सय दुई दशमलव सात मिटरको मुख्य सुरु

तीन महिनामा दुई किलोमिटर सुरुङ

सिन्धुली, माघ ६ । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, […]

अवरुद्ध सुरुङ मार्ग निर्माण सुचारु

काठमाडौं, बैशाख ५ । स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो । सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ […]

सुरुङ मार्ग निर्माणमा अवरोध हट्यो

स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो ।सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको जानकारी दिनुभयो । चन्द्रागिरि नगरपा

द्रुत मार्गमा सुरुङ खन्न सुरु

काठमाडौँ-तराई/मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण सुरु भएको छ । द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको छ । द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका अनुसार द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्गको डिजाइन सम्पन्न भई स्वीकृतसमेत भइसकेको छ।सैनिक प्रवक्ता नारायण सिलवालले सुरुङ मार्गका दुइटै प्याकेजको डिजाइन तथा ड्रइङ स्वीकृत भई साइट क्लियरेन्स र प्रिप्रेसन तथा क्याम्प स्थापना गरी अहिले सुरुङ मार्ग निर्माण सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन वर्

सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

काठमाडौं, फागुन १०। नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ । सुरुङ मार्गमा खटिएका […]

सुरुङ मार्गप्रति आकर्षण बढ्दो

काठमाडौं, पुस २६। काठमाडौंको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुरको ताथली–सिन्धुपाल्चोकको […]

तीनकुने देखि जडिबुटीसम्म सुरुङ मार्ग बन्ने

काठमाडौः काठमाडौंको कोटेश्वरमा हुने सवारी जाम कम गर्न सरकारले सुरुङ मार्ग बनाउने भएको छ। अर्थमन्त्री बिष्णु पौडेलले तीनकुनेदेखि जडिबुटीसम्म सुरुङ मार्ग बनाउने जानकारी दिएका हुन्। सुरुङ मार्ग निर्माणको लागि १ अर्ब ८० करोड रुपैयाँ बनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

दुबैतिरबाट खन्न थालियो नागढुंगा सुरुङ

नागढुंगा सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत शुक्रबारबाट काठमाडौंतर्फपनि सुरुङ खन्न थालिएको छ । चन्द्रागिरी नगरपालिका २ स्थित टुटेपाखाबाट सुरुङ खन्न लागिएको आयोजनाले जनाएको छ । दुबैतर्फ काम सुरु भएकाले १३ महिनाभित्र सुरुङ छेड्ने काम सकिने निर्माण कम्पनी हाज्मा एण्डो कर्पोरेशनले बताएको सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । कान्तिपुर दैनिकमा खबर छ  ।