हावाहुरीले रुकुमपूर्वमा क्षति

रुकुम (पूर्व) : हावाहुरी र वर्षाले रुकुमपूर्वको विभिन्न ठाउँमा क्षति पु¥याएको छ। घर, विद्यालय, प्रहरी चौकी र स्वास्थ्य चौकीको पर्खाल भत्काउनुका साथै छानो उडाएको छ।शुक्रबार गएराति तिब्र  हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा क्षति पुर्‍याएको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। कुन ठाउँमा के कति क्षति भयो भन्नेबारे भने यकिन भइनसकेको डाँगीले बताए। विभिन्न ठाउँबाट घर, विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीमा हावाहुर

सम्बन्धित सामग्री

हावाहुरीले मकै बालीमा क्षति

रुकुमपूर्व – रुकुमपूर्वमा हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ। जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको मकै बालीमा हावाहुरीले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका हुुन्। शुक्रबार र शनिबार रातिको वर्षासँगैको हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको हो। हावाहुरीका कारण यसपालि लगाएको मकै सबै ढलेर सखाप भएको सिस्ने गाउँपालिका–५ माथिल्लो ह्याप्लाका सुमन बोहोराले बताए। किसानले लगाएको सबै मकै ढलेपछि […]

टिकापुरमा हावाहुरीले गर्दा सयाैँ बिघाकाे केराखेतीमा क्षति

काठमाडाैँ- कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ। हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ। हावाहुरीका कारण टीकापुर-१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ। त्यस्तै, टीकापुर-४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ। हावाहुरीका कारण त्यहाँ सयौँ घरका छानामा भएका […]

कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

कैलाली : हावाहुरीका कारण जिल्लामा केराखेतीका क्षति भएको छ। हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानले बताएका हुन्।केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले क्षति पुर्‍याएपछि किसान पीडामा छन्। हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ। हावाहुरीले किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती ढालेको छ। टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ। यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ।यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किस

कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ । हावाहुरीका कारण यहाँ सयौँ घरका छानामा भएका जस्तापाता उडाएका, विद्यालयका छाना उडाएका र  ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन् ।हावाहुरीकै कारण जिल्लामा केराखेतीका क्षति भएको छ । हावाहु

हावाहुरीले चितवनमा भारी क्षति

चितवनमा आएको हावाहुरीले ठुलो परिणाममा भौतिक क्षति भएको छ । शुक्रवार साँझको तीव्र गतीमा आएको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  हावाहुरीका कारण...

जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति

जाजरकोट - जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति पुर्याएकाे छ । गएराति चलेको हावाहुरीले भेरी नगरपालिका–३ मा ६ वटा घरमा क्षति पुर्याएको हो । स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिनु भयो। उहाँका अनुसार भवनको छानोमा क्षति पुगेपछि काम गर्न असहज भएको छ ।

हावाहुरीले किसानलाई क्षति

बुधबार राति आएको हावाहुरीले कैलालीको मध्य क्षेत्रका किसान मर्कामा परेका छन्। एक्कासि रातिको समयमा आएको हावाहुरीले भित्र्याउन ठीक्क पारेको गहुँ बालीका साथै बसन्ते मकै तथा तरकारी बालीमा क्षति पुगेको छ।...

धनकुटामा हावाहुरीले घरमा क्षति

धनकुटा : धनकुटामा हावाहुरीले ५ घरधुरीमा क्षति पुर्‍याएकाे छ।जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र वडा नं. ९ का घरहरुमा क्षति पुगेको हाे।क्षति पुगेका घरहरु पूर्ण क्षति भएका छन्, भने बाँकीको विवरण संकलन भइरहेको छ।क्षतिको पूरा विवरण आइनसके पनि उद्धारमा जुट्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको  सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले जानकारी दिए।उनले घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली खटाइएको समेत

वर्षासँगै चलेको हावाहुरीले बालीनालीमा क्षति

खोटाङ– दुई दिनदेखि वर्षासँगै चलेको हावाहुरीले खोटाङमा बालीनालीमा क्षति पुर्‍याएको छ । वर्षासँगै चलेको हावाहुरीले पाक्न लागेको धान, कोदो, जुनेलोलगायतका बालीनालीमा क्षति पुर्‍याएको हो । भित्र्याउने बेलाको बालीनालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् । जिल्लाका दुई नगरपालिका र आठवटै गाउँपालिकाका किसानले लगाएको बालीनालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको हो । हावाहुरीले सबैभन्दा बढी धानबालीमा […]

हावाहुरीले केरा खेतीमा करोडको क्षति

चितवन, बैशाख ३१ । चितवनको पूर्वी क्षेत्रमा मंगलबार राती वर्षासहित आएको हावाहुरीले केरा खेतीमा लाखौंको क्षति पुर्‍याएको छ ।पूर्वी चितवनको कुमरोज, रत्ननगर, खैरहनीलगायत क्षेत्रमा लगाइएको केरा खेतीमा क्षति पुगेको हो । खैरहनी नगरपालिका–१२, १३ र रत्ननगरको वडा–५ मा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पुर्‍याएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरेले जानकारी दिए । क्षतिको […]