नक्कली नागरिकता बनाएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ

भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले वडा अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जना पक्राउ परेका हुन् ।उनीहरुलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् । पक्राउ पर्नेहरुमा अध्यक्ष सापकोटासहित ३३ वर्षीय भारतीय नागरिक

सम्बन्धित सामग्री

बेलायत पठाउन नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिश सैनिक पक्राउ

६ असार, विराटनगर । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ । बेलायत पठाउनका लागि बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै […]

नक्कली नागरिकता र प्रवेशपत्र बनाई अर्काको ट्रायल दिएपछि…

भक्तपुर, २४ भदौ । नक्कली नागरिकता र प्रवेशपत्र बनाई अर्काको ट्रायल दिने ५ जनालाई प्रहरीले पक्राउ परेको छ । मध्यपुर ठिमी नगरपलिका–५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ परेका हुज्। पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका–११ टाँडी ठेगाना भएका […]

नक्कली नागरिकता सिफारिस गर्ने वडाअध्यक्ष ठाकुर फरार

जनकपुरधाम । नक्कली नागरिकता बनाउनका लागि वडाबाट सिफारिस गरेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का पूर्व वडाध्यक्ष रमेश ठाकुर फरार भएका छन् । वडाध्यक्ष रहेको समयमा ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै जिल्ला अदालत धनुषाले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव […] The post नक्कली नागरिकता सिफारिस गर्ने वडाअध्यक्ष ठाकुर फरार appeared first on राजधानी राष्ट्रिय दैनिक.

नक्कली नागरिकता सिफारिस गर्ने पूर्व वडाध्यक्ष र सचिव फरार

नक्कली नागरिकता सिफारिस गरेको भन्दै धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष फरार भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८को वडाध्यक्ष रहँदा रमेश ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी अदालतले गरेको हो । पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष ठाकुरका साथै वडा सचिव रायको नाममा पनि पक्राउ पुर्जी जारी

कपिलवस्तुमा नक्कली नागरिकता पेश गर्ने दुईजना पक्राउ

कपिलवस्तुमा नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा दुईजना पक्राउ गरेका छन् ।

नक्कली नागरिकता बनाउने एक पक्राउ, ५ जनामाथि अनुसन्धान

बझाङ : बझाङमा नक्कली सर्टिफिकेट र नागरिकता बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-१ का सतेशबहादुर सिंह रहेका छन्।उनले फरक-फरक नाम र जन्म मिति राखेर नक्कली नागरिकता र सर्टिफिकेट निकालेको खुलेको छ।एउटामा सतेशबहादुर सिंह र अर्काेमा प्रकाशबहादुर सिंह नाममा जन्म मिति फरक-फरक गरी नागरिकता र सर्टिफिकेट नक्कली बनाएको खुलेको छ।सिंहले २०७० साल चैत ११ गते बनाएको पहिलो नागरिकतामा सतेशबहादुर सिंह र जन्म मिति २०५३ साल भदौ ८ गते उल्लेख छ।उनले २०७८ साल कात्ति

नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी

प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गाैला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । उनले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताए । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–८ घर भएका ३५ वर्षीय राजकुमार भन्ने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र साविक देवभूमि बालुव

भारतीयलाई नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्ष पक्राउ

नवलपरासी। भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा नवलपुर–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा पक्राउ परेका छन्। उनीसहित आठजनाले जमिर देवन नाम गरेका भारतीयलाई स्थानीय भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएका थिए। पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित सदस्य पवित्रा सापकोटा, भारतीय नागरिक जमिर देवन, नक्कली बाबु सफीअल्ला मियाँ र चारजना साक्षीहरु रहेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन्।

मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोहका १० जना पक्राउ

झापा, १० बैशाख । मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोहका १० जना पक्राउ परेका छन् । मृत्यु भईसकेका झापा बिर्तामोडका टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी बस्नेतकै नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको […]

नक्कली नागरिकता बनाइ जग्गा ठगी गर्ने १० जना पक्राउ

झापा। मृत्यु भएका व्यक्तिको नाममा नक्कली नागरिकता बनाइ जग्गा ठगी गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मंगल सिंह राजवंशी, नवीन कोइराला, लिलाधर राजवंशी, बलराम बिश्वकर्मा, भुपदेव कटुवाल, लेखनाथ खनाल, गोविन्द वान्तवा, देवीप्रसाद पाण्डे, रञ्जु राई र राजन विश्वकर्मा रहेका छन्। उनीहरूले मृत्यु भइसकेका बिर्तामोडका टुंगबहादुर बस्नेतको नाममा नक्कली नागरिकता बनाइ जग्गा ठगी गरेको प्रहरीले जनाएको छ।