गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने स्वदेशी तथा विदेशी पर्यटकहरुबाट ८० लाख ९० हजार रुपैँया राजस्व संकलन गरेको छ। पालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि कात्तिकसम्ममा उक्त रकम संकलन गरेको जनाएको छ। साउन यता ७ हजार ९ सय विदेशी र ९५० जना स्वदेशी पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेको पालिकाको प्रमुख […]
काठमाडौँ। सरकारले लुम्बिनी विकास कोषको सदस्य-सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनीत गरेको छ। मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्य-सचिवमा मनोनीत गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छन्। “तपाईंलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ‚ इमानदारीसाथ त्यो पूरा गर्नुहोला। त्यो (लुम्बिनी) धार्मिक संस्था […]
काठमाडौँ– नेपाल चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ। आज मंगलबार भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपाल मैत्रीपूर्ण दुवै खेलमा पराजित भयो। आजको खेलको पहिलो हाफ बराबरीमा रोकिएको नेपाल दोस्रो हाफमा गोल खान पुग्यो। यसअघि पहिलो खेलमा नेपालले इन्डोनेसियासँग २–१ गोलको पराजय भोगेको थियो।