आजको बहस कुनै संस्था वा सरकारको विरोधका लागि होइन, यो त नेपालको स्वास्थ्य शिक्षा प्रणालीको भविष्यसँग सम्बन्धित विषय हो। प्रश्न सरल छ- ३३ वर्षदेखि राष्ट्रलाई चिकित्सक, विशेषज्ञ, अनुसन्धान र स्वास्थ्य सेवा प्रदान गरिरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनभित्र सीमित गर्ने कि विश्वस्तरीय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने?
प्रसूति गृहमा नवजात शिशुको चाप उच्च भई बेड नपाउँदा बिरामीहरूलाई कान्ति बाल तथा त्रिवि शिक्षण अस्पतालमा रेफर गर्ने गरेको थियो। ती अस्पतालमा पनि शय्या नहुँदा बिरामीहरु महँगो शुल्कमा निजी अस्पताल जानुपर्ने बाध्यता रहेको थियो। सोही बाध्यतालाई हटाउन अस्पतालले हालै सञ्चालनमा आएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) सँग सरकारी शुल्कमा नै सेवा उपलब्ध गराउने गरी विशेष सहकार्य गरेको डा अधिकारीले जानकारी दिए।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ। समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासका साथ आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। सोही प्रतिबद्धताको निरन्तरता […]