कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान

सुर्खेत– कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) यही पुस २८ गते आह्वान गरिएको छ ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । दिउँसो ३ बजे प्रदेशसभा भवन वीरेन्द्रनगरमा बैठक आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । अधिवेशन आह्वानका लागि प्रदेश सरकारले पुस २१ गते निर्णयगरी प्रदेश प्रमुख […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा अधिवेशन आह्वान

काठमाडौं : कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ। प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ ९१० बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्। प्रदेशसभा बैठक पुस २८ गते बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। यसअघि गत मङ्सिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो।

कर्णाली प्रदेशसभा बैठक आह्वान, यसकारण बैठक अर्थपूर्ण

कर्णाली प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन आगामी वैशाख ३ गते आह्वान गरिएको छ ।    प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी वैशाख ३ गते दिउँसो २ बजे अधिवेशन आह्वान गरेका हुन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा प्रदेशसभा अधिवेशन ...