विष्णुमती र बल्खु खोलामा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ - काठमाण्डौको बल्खु खोलामा पानीको सतह बढेको छ । विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । खोलाको बाढी बस्ती र सडक किनारसम्मै जान सक्ने भएकाले किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको हो ।   

सम्बन्धित सामग्री

काठमाण्डौका केही ठाउँमा आरीघोप्टे वर्षा, बाढीको चेतावनी

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका केही ठाउँमा आरीघोप्टे वर्षा भएको छ । नगरकोट, बूढानीलकण्ठ, ककनी, धादिङको धुनीवेशीलगायतका ठाउँमा पछिल्लो एक घण्टामा निकै ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएकाे छ ।  नेपाल बाढी सूचना केन्द्रले विष्णुमती, मनोहरा, बल्खु खोलालगायतका नदीहरू बढ्ने भएकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौँका नदीमा बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ । खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ । यी नदीहरूमा पानीको बहाव सतर्कता तह आसपास पुगेको महाशाखाले जनाएको छ । उक्त नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका जनतालाई आग्रह गरेको छ ।

काठमाडौंका नदिमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं– काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका  अनुसार हाल वाग्मती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ । खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ ।  यी नदीहरूमा पानीको बहाव सतर्कता तह आसपास पुगेको […]