काठमाडौँका नदीमा बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ । खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ । यी नदीहरूमा पानीको बहाव सतर्कता तह आसपास पुगेको महाशाखाले जनाएको छ । उक्त नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका जनतालाई आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

यी नदीमा बहाव उल्लेख्य बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज तमोर, सुनकोसी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कन्काई, कमला, वाग्मती, पूर्वी राप्तीलगायत नदीमा बहाव उल्लेख्य बढ्नेछ । चुरे र तराई भूभाग भई बहने अधिकांश साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने...

नारायणी नदीमा बहाव सतर्कता तहनजिक, सतर्क रहन आग्रह

काठमाडौं । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको र बढ्दो रहेको जनाइएको छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान एक सूचना जारी गर्दै चितवन र नवलपरासीको तटीय क्षेत्रमा रहनेहरूलाई आज रातिसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नदीहरुमा बाढीकाे जाेखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ – मनसुनी गतिविधि फेरि सक्रिय भएर देशका अधिकांश भूभागमा पानी पर्न थालेसँगै बाढी पहिरो तथा डुवानको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीहरुमा जलसतह बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन आग्रह गरेको छ। बिहीबार बिहान ७ बजेको मापन अनुसार सुनकोशी, सप्तकोशी, कालीगण्डकी, सेती खोला लगायतका नदीमा बहाव बढ्दो क्रममा छ। यस्तै नारायणी, […]