सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल फागुन १९ मा शुरु हुने

धनगढी : फागुन १९ गतेदेखि सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण हुने भएको छ।आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी दिएको हो। फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारीसमेत सुरु गरेको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।सुदूरपश्चिम सरकारले प्रतियोगिता आयोजना गर्न सघाउने भएपछि यसवर्ष प्रतियोगिताको नामकरण ‘मुख्यमन्त्री अन्तरराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ गरिएको छ

सम्बन्धित सामग्री

मनाङ दोस्रो पटक खप्तड गोल्डकप च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले दोस्रो पटक मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार मनाङले अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै खप्तड गोल्डकपको पाँचौं संस्करणको उपाधि जितेको हो । यसअघि पहिलो संस्करण पनि मनाङले जितेको थियो । मनाङको जितमा दीनेश राजवंशी, ओलावाले अफिज र मौस […]

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपः उपाधिका लागि मनाङ र फ्रेन्ड्स भिड्ने

सर्वाधिक धनराशिको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार धनगढीमा हुँदैछ।...

सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ उपाधिनजिक

मनाङ मर्स्याङ्दी  क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा मनाङले हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै आफूलाई उपाधि होडमा उभ्याएको हो । उपाधिका...

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ फाइनलमा

‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो । खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मनाङले बाजी मार्यो । पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे । हिमालयनका उलिच सिवे र

खप्तड गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज मनाङ र हिमालयन शेर्पा खेल्दै

काठमाण्डाै – सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्दैछन् । पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्न लागेका हुन् । खेल दिउँसो चार बजे धनगढी रंगशालामा सुरु हुनेछ । आज जित्ने टोली फाइनलमा पुग्नेछ । मनाङ भारतको दिल्ली फुटबल क्लब र हिमालयन शेर्पाले सुदूरपश्चिम–११ लाई हराएको थियो । सर्वाधिक राशीको खप्तड गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १...

सुदूरपश्चिम खप्तड गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा

धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौँ ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा शहीद स्मारक ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक÷एक गोल गरे । यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे । खेलको ३४औँ मिनेटमा पिस्टनले

सुदूरपश्चिम खप्तड गोल्डकप : ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स अन्तिम चारमा

धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।फ्रेन्ड्सलाई जीत दिलाउन जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । खेलको ५३औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६२औँ मिनेटमा जमोउलले पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्सलाई २–०

सुदूरपश्चिम खप्तड गोल्डकप : उद्घाटन खेलमा मनाङ र दिल्ली भिड्दै

काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आज बिहीबारदेखि सुरू हुँदैछ । सुदूरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्दैछन् । धनगढी रंगशालामा हुने मनाङ र दिल्लीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको […]

सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि, पहिला खेलमा मनाङ र दिल्ली भिड्दै

धनगढीमाआजदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरू हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अनुसार भारतको दिल्लीबाट एउटा सहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउदै प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुगेको जानकारी दिए । हमालका अनुसार प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् । प्रतियोगितामा

सुदूरपश्चिम खप्तड गोल्डकप भोलिदेखि, प्रथम पुरस्कार राशि २१ लाख

धनगढीमा भोलि देखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएको हो ।भारतको दिल्लीबाट एउटा सहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको र प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुग्न लागेको जानकारी दिए ।आयोजक समुहले पत्रकार सम्मेलन मार्फत ट्रफी पनि सार्वजनिक गरेको छ । हम