जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मङगलसेनका विभिन्न स्थानलाई अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको छ । अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा दैनिक प्रदर्शन हुन थालेपछि आज मङ्गलबार बिहानदेखि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपेश रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “विनोद शाहीको मुत्यु प्रकरणमा केही व्यक्ति …