चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भदौ २७ गते नेपाल आउँदै

काठमाण्डाै – चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आउँदो २७ गते नेपाल आउनुहुने भएको छ । अध्यक्ष चान्सु सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा चार दिने भ्रमणमा लागि नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणमा आउन लाग्नुभएका चान्सु चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरीयतामा रहनुभएको छ । भ्रमणका क्रममा चान्सु र सभामुख सापकोटाबीच द्विपक्षीय भेटवार्ता हुनेछ । यस्तै चान्सुले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुहु...

सम्बन्धित सामग्री

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फिर्ता

काठमाण्डाै - नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फर्किनु भएको छ । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले बिदाइ गर्नुभयो ।  ली गएको सोमवार दिउँसो नेपाल भ्रमणमा आउनु भएको थियो । उहाँलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । त्यही दिन सभामुख सापकोटा र लीबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । भ्रमणका क्रममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रपति विद्यादेव...

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको हो। भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी छ। अध्यक्ष लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्दैछन्। […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

चार दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेपाल आएका छन्। एमाले अध्यक्ष केपी ओलीले नागरिकता विधेयक फिर्ता लिन माग गरेका छन्। बिहानैदेखि बालुवाटारमा जुटेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ। पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने सरकारले निर्णय गरेको छ। धनगढी पुगेर डा. गोविन्द केसीले २० औँ सत्याग्रह शुरु गरेका छन्।

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको हो ।  सोमबार संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको हो । ली चार दिने नेपाल भ्रमणका लागि सोमबार ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आइपुगेका हुन् ।यस्ता छन् सम्झाैता

आज चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेपाल आउँदै

काठमाडौँ । नेपालमा आम निर्वाचनको तयारी चलिरहँदा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित सोमबार अपराह्न काठमाडौँमा उत्रँदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ । चीनका राष्ट्रपति सीले सीपीसीको २० औँ जनकंग्रेसअघि लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । […]

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आज काठमाडौं आउँदै

२७ भदौ, काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका चान्सु सभामुख अग्नि सापकोटाको औपचारिक निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् । भ्रमणको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नेछन् । प्रमुख […]

चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेपाल आउँदै

काठमाडौं । नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी भइरहेका बेला उत्तरी छिमेक चीनबाट उच्च तहको भ्रमण हुन लागेको छ । चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले तीन दिने भ्रमणमा नेपाल आउन लाग्नुभएको हो । परराष्ट्र मन्त्रालय र संघीय संसद सचिवालयका अनुसार सीले भदौ २७ देखि २९ सम्म तीन दिनेसम्म नेपालको भ्रमण गर्ने बताइएको छ । […]