एमाले महाधिवेशनमा २५ सय सुरक्षाकर्मी र ५ हजार स्वयंसेवक परिचालन हुने

एमाले महाधिवेशन स्थल वरपर करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार चितवनतर्फ एक हजार पाँच सय र नवलपरासीतर्फ एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनेछन् । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन आएका छन् ।

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन : लमजुङमा तीन हजार बढी जनशक्ति परिचालन गरिने

लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको हो । ८ सय ९५ कर्मचारी र दुई हजार ४ सय ७२ सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र तीन जना स्वयंसेवक परिचालन हुने निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् ।यस्तै नेपाल प्रहरी, नेपाली

सलमान खानका लागि १५ सय सुरक्षाकर्मी उपलब्ध गराइदिन ओडीसीको माग

काठमाडौं । कन्सर्टका लागि नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानको सुरक्षाको लागि आयोजकले सरकारसँग १५ सय जना सुरक्षाकर्मी माग गरेको छ । आयोजक संस्था ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले गरुड सेक्युरिटी फर्मका ७०० सेक्युरिटी गार्ड पनि सुरक्षामा खटिने अनलाइनखबरसँग बताए । कार्यक्रममा २०० स्वयंसेवक परिचालन हुने जनाइएको छ । सलमानको व्यक्तिगत सुरक्षा भने मुम्बईबाटै […]

कोरोनापछिको शिवरात्रि : थरी थरी फूल, थरी थरी बाबा ! (फोटो)

महाशिवरात्रि पर्वका लागि आवश्यक व्यवस्थापन अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भोली रहेको शिवरात्रि पर्वमा झन्डै १० लाख हाराहारी भक्तजन पशुपति क्षेत्रमा दर्शनका लागि आउने अनुमानका साथ आवश्यक तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले रातोपाटीलाई जानकारी दिए । दर्शनार्थीहरुका लागि लाइन बस्न डोरी तान्ने, स्वयंसेवक परिचालन गर्ने लगायतका काम भइरहेको छ भने आज बेलुकादेखि नै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुँदैछन् । पशुपति क्षेत्रमा फूलहरू सजाउने