अनरले नेपालमा आफ्नो नयाँ स्मार्टफोन एक्सनाइनडी सार्वजनिक गरेको छ। शक्तिशाली प्रदर्शन, उत्कृष्ट मजबुती र दीर्घकालीन विश्वसनीयतामा केन्द्रित यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दाबी छ। आफ्नो सेग्मेन्टमै प्रयोगकर्ताको अपेक्षालाई नयाँ उचाइमा पुर्याउने क्षमतासहित अनर एक्सनाइनडी बजारमा ल्याइएको हो। अनर एक्सनाइनडी मा २.५ मिटर ड्रप रेसिस्टेन्स, उद्योगमै अग्रणी IP69K रेटिङ, लामो समयसम्म […]
जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका ८६ जनामा कुष्ठरोग पुष्टि भएको छ । साउनदेखि पुससम्मको अवधिमा साइनिङ अस्पताल आइएनएफ नेपालमा उपचार तथा परीक्षणका क्रममा ती नयाँ कुष्ठरोगी पहिचान भएका हुन् । ७३औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्रमुख मंगलबहादुर थारुले नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट […]
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभइकन राप्रपा सत्तामा नजाने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने पनि स्पष्ट पार्नुभयो । काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहनुभएका थापाले राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देश तथा विदेशमा पनि […]
काठमाडौँ। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा आफूले पदको बार्गेनिङ नगरेको दाबी गरेका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले रवि लामिछानेलाई सभापति र बालेन शाहलाई वरिष्ठ नेता स्वीकारेर नै आफूले रास्वपासँग एकता गरेको दाबी गरे। आफूले पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको उनको दाबी छ। पार्टी व्यवस्थापनका विषयमा आफूले […]
कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्यांक सार्वजनिक गरिएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्यांक कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा छात्राको विद्यालय छोड्ने दर उच्च देखाएको तथ्यांक सार्वजनिक गरिएको हो । राष्ट्रिय तथ्याङक कार्यालय सामाजिक तथ्यांक महाशाखाका निर्देशक राजन सिलवालले आफ्नो प्रस्तुति […]
गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल मध्यपहाडको साइकल यात्रामा रहेकी कविता चित्रकारले भनिन्, “क्यान्सरसँग जुध्न हिम्मत बटुलेँ, चुनौती र सङ्घर्षलाई रोजेँ ।” साइकलबाट मध्यपहाडी लोकमार्ग छिचोल्दै गरेकी उनी आज सुदूरपश्चिम प्रदेशको अछाम पुगेकी छिन् । साइकलयात्रामा उनी एक्ली भने छैनन् । अर्का क्यान्सर विजेता हर्क लामासहित साइकलयात्रीको टोली मध्यपहाडको लामो यात्रामा […]