त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर थप २ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ । थाई स्माइलले काठमाडौँ विमानस्थलबाट पहिलो पटक नियमित उडान सुरु गर्न लागेको हो, भने श्रीलङ्कन एयरलाइन्सले कोभिड–१९ महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रबारदेखि काठमाडौँ–बैंकक सिधा उडान सुरु गर्न लागेको छ । कम्पनीले आवश्यक सबै प्रक्रिया पु¥याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ ।थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।श्रीलङ्कन एयरलाइन्सले उडान थप्योश्रीलङ्कन एयरलाइन्सले सातामा सातवटै नियमित उडान गर्ने गरी अनुमति पाएको नेपालका लागि आधिकारिक जिएसए जेनिथ ट्राभल्सले जनाएको छ । यसअघि हप्ताको चार उडान भर्दै आएको एयरलाइन्सले अब दैनिक उडान गर्न लागेको हो । एयरलाइन्सले हाल आइतबार, सोमबार, मङ्गलबार र बिहीबार गरी नियमित चारवटा उडान गर्दै आइरहेको छ । एयरलाइन्सले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत खाडीका गन्तव्यमा कोलम्बो ट्रान्जिट बनाएर सातामा सात उडान गर्ने अनुमति पाएको हो ।कम्पनीले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत गन्तव्यमा नियमित उडान गर्दै आएको छ । प्राधिकरणका अनुसार हाल टिआइए भएर दुई नेपालीसहित २४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यिमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका हुन् । टिआइएमा कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान गर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो ।

सम्बन्धित सामग्री

खराव मौसमका कारण आन्तरीक उडान प्रभावित

भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाए कारबाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ । विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिबन्ध

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिबन्ध लगाएको छ । विमानको उडान तथा अवतरणको समयमा विमानस्थ्ल आसपास चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले चङ्गा उडाउन प्रतिबन्ध लगाएको हो । ‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिबन्ध

११ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिवन्ध लगाएको छ । वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थ्ल आसपास चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भी असर पर्ने भन्दै प्राधिकरणले चङ्गा उडाउन रोक लगाएको हो । प्राधिकरणले भनेको छ, ‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस […]

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्।...

‘सबैको जहाज पार्क गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क होइन’

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै वायुसेवाको जहाज राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘रत्नपार्क’ नभएको टिप्पणी गरेका छन्। मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महनिर्देशक अधिकारीले एउटै ठाउँमा उडान, पार्किङका कारण असहजता बढेको भन्दै त्यसको नियन्त्रणका लागि कुल जहाजको ६७ प्रतिशत काठमाडौं बाहिर राख्न निर्देशन दिइएको स्पष्टीकरण…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु

काठमाडौं, २१ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ । बम राखेको हल्लाले अवरोध भएको विमानस्थल भर्खरै खुलेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर जानकारी दिए […]

‘भिजिबिलिटी’ नपुग्दा आन्तरिक उडान प्रभावित

मुलुकका अन्य विमानस्थलबाट हुने उडान पनि प्रभावित भए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार आन्तरिकतर्फका धेरै उडान प्रभावित भएका हुन्।...

सातामा काठमाडौंमा २३० अन्तर्राष्ट्रिय उडान

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विन्टर सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवाको उडानतालिका सार्वजनिक गरेको छ । क्यानले २७ मार्च २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय उडानतालिका सार्वजनिक...