भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण, समानता र न्यायका पक्षमा काम गर्ने प्रतिवद्धता :: Pahilopost.com

नयाँदिल्ली : नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिएका छन्।  राष्ट्रपति भवनमा…

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको कार्यक्रमलाई भ्रभावकारी र सेवामैत्री बनाउन निर्देशन दिएका छन्। गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल र निर्वाचनसम्बन्धी विधेयक तत्काल संसदमा पेश गर्ने प्रतिवद्धता दिएका छन्।लम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शपथ ग्रहण गरेका छन्।लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईले भष्टाचार गरेको आरोपमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अदालतमा मुद्दा दायर गरेको छ।

नेपाल बैंकको सञ्चालकमा केदारनाथ शर्मा नियुक्त

नेपाल बैंकको सञ्चालक समितिमा केदारनाथ शर्मा नियुक्त भएका छन् । बैंकमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक सदस्य रितेश कुमार शाक्यको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा मनोनयन भएका हुन्।उनले आज  सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। कार्यक्रममा सञ्चालक समिति अध्यक्ष अर्यालले सार्वजनिक प्रसाशन तथा व्यवस्थापनमा लामो अनुभव हासिल गरेका सञ्चालक पाएकोमा खुसी व्यक्त गर्दै सञ्चालक शर्मालाई बैंकको सञ्चालक समितिमा स्वागत गरेका छन्। साथै, सञ्चालक सदस्यबाट बिदा भएर जान लागेका रितेश कुमार शाक्यले आफ्नो कार्यकालमा बैंकको सञ्चालक समितिमा रहेर पुयाएको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गरेका चना। नवनियुक्त सञ्चालक सदस्य केदारनाथ शर्माले नेपालको पहिलो बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद दिदै आफ्नो कार्यकालमा बैंकको सर्वोपरी हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेप्से सीइओ कार्कीले गरे पदबहाली, लगानीकर्ताको हित प्रवर्द्धन गर्ने प्रतिवद्धता

फाइल फोटोनेपाल स्टक एक्सचेन्ज लि. (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका कृष्णबहादुर कार्कीले पदबहाली गरेका छन् । उनले बुधबार नेप्से सञ्चालक समिति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि पदबहाली गरेका हुन्।पदबहालीको क्रममा नेप्सेमा कार्यरत कर्मचारीहरुसँगको सक्षिप्त परिचयात्मक कार्यक्रममा उनले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाल लगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई मुलुकको आवश्यकता अनुसार पुँजी बजारको विकास तथा विस्तार, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीको हित प्रवर्द्धन गर्ने सन्दर्भमा सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।कार्कीलाई माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सीइओ नियुक्त गरेको हो । नेप्सेको सीईओका लागि डा. केशव श्रेष्ठ, डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्कीको नाम सिफारिस भएको थियो । ति मध्येबाट सरकारले कार्कीलाई सीइओ नियुक्त गरेको हो । कार्की बुढीगण्डकी जलविद्युत आयोजनाका वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइ प्रमुख थिए। नेप्सेको सीईओमा नियुक्त भएपछि कार्कीले आयोजनाबाट राजीनामा दिएका छन्। नेप्से पछिल्लो ६ महिनादेखि नेतृत्त्व बिहिन अवस्थामा थियो । पदबाट चन्द्र सिंह साउदले २०७८ भदौ ८ गते राजिनामा दिएका थिए । प्रिमियम मुल्यमा आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा खरीद गरिएको सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिएका थिए।

नेपाल बैंकको संचालकमा शाक्य नियुक्त

नेपाल बैंक Nepal Bank Limited  को संचालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् ।  नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव  शाक्य संचालकको रुपमा नियुक्त भई आएका हुन् । नव नियुक्त सञ्चालक शाक्यले  बिहिबार सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  कार्यक्रममा  अध्यक्ष  अर्यालले नव नियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा सञ्चालक सदस्य  शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन् ।     नवनियुक्त सञ्चालक शाक्यले बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।