बाढीपीडितका नाममा अतिक्रमण, राजनीतिक आडमा हटेनन्

मङ्सिर ६ गते । भजनी नगरपालिकामा बाढी पीडितका नाममा हुनेखानेले सामुदायिक वनको जग्गा अतिक्रमण गरी टहरा बनाएको लामो समय हुँदासमेत सम्बन्धित निकायले हटाउन सकेको छैन । गत असारमा परेको अविरल वर्षाका कारण भजनी नगरपालिका क्षेत्र डुबान हुँदा डुबान पीडितहरु हुलाकी सडक, उच्च भवन, खाली भएका उच्च खाली ठाउँहरुमा पाल टाँगेर बसेका थिए । भजनी नगरपालिकाका वडा नम्बर १ र ९ नम्बरमा पर्ने मोहन्याल, पशुपति र वनदेवी सामुदायिक वनमा केही समयका लागि बसेका वास्तविक बाढीपीडितहरु धेरैजसो घर फर्किसकेका छन् । तर उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा गैरबाढीपीडितले जग्गा अतिक्रमण गरी टहरा बनाउनुका साथै कतिपयले त पक्की घर लगाउनसमेत सुरसार गर्दैछन् ।

सम्बन्धित सामग्री

मैले राजनीतिमा बिजनेश गरिदिएँ : विनोद चौधरी

काठमाडौं– नेपालका अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पञ्चायतकालमा कसरी राजदरबारको आडमा आफ्नो बिजनेशलाई अघि बढाएका थिए ? तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका नाममा रहेको एपोलो स्टिलको ४९ प्रतिशत सेयर विनोदले कसरी आफ्नो नाममा नामसारी गरे ? राजदरबारबाट धीरेन्द्र शाहको श्री ५ को पदवी खोसिएपछि धीरेन्द्रकी पत्नी प्रेक्षाले चौधरी परिवारसँग राखेको माग के थियो ? […]

पत्रकारको नाममा जथाभावी नलेख्न मनोज गिरीलाईलाई चार पत्रकार संगठनको चेतावनी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङसहित चार पत्रकार संघठनले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरीलाई पत्रकारको नाममा जथाभावी नलेख्न चेतावनी दिएका छन्। गिरीले पत्रकारिताको आडमा सामाजिक सञ्जाल फेसबुकमार्फत जथाभावी स्टाटस लेखेर...

गदर–२ः राष्ट्रवादका नाममा पुरानै ‘मसला’

एकपटक फेरि राष्ट्रवाद र राष्ट्रियताको आडमा चलचित्र मार्फत व्यापारको पसलमा गदर–२ दर्शक सामु पस्किएको छ।...

राजनीतिक शक्ति र पहुँचको आडमा गुठीको जग्गा कब्जा

काठमाडौं । काठमाडौंको तारकेश्वर–८ मा रहेको दालेकी शैक्षिक सार्वजनिक गुठीको ३ आना जग्गा एक व्यक्तिले कब्जा गरेका छन् । राजनीतिक शक्तिको पहुँचको आडमा सो गुठीको जग्गा स्थानीय नारायणकुमार श्रेष्ठले पर्खाल लगाएर कब्जामा लिएका छन् । नेकपा एकीकृत समाजवादीका स्थानीय नेतासमेत रहेका श्रेष्ठले गुठीको नाममा रहेको ८५ नम्बरको कित्ताको जग्गा ८८ नम्बरको कित्तामा गाभ्नका लागि पर्खाल […] The post राजनीतिक शक्ति र पहुँचको आडमा गुठीको जग्गा कब्जा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विकासका नाममा विनाश

पछिल्ला वर्षमा विकास निर्माणका नाममा जंगल फँडानी ह्वात्तै बढेको छ । राजनीतिक दल, जनप्रतिनिधिको आडमा जंगल फँडानी बढेको हो । जताजता जंगल, उतैउतै सडक, विद्युतीकरण लगायतका संरचना निर्माण गर्ने क्रम बढेको छ । कतिपय ठाउँमा जंगल फाँडेर बस्ती बसाइएका उदाहरण पनि छन् ।

उच्छृङ्खल गतिविधि गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न जसपाको माग

सत्तारुढ जनता समाजवादी पार्टी नेपालले किसान आन्दोलनको नाममा सीके राउत नेतृत्वको जनमत पार्टीले उच्छृङ्खल गतिविधि गरेको भन्दै कारवाहीको माग गरेको छ ।शुक्रबार जसपा नेपालका मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले विज्ञप्ति जारी गर्दै आन्दोलनको आडमा राष्ट्रियसभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख तथा उपप्रमुखमाथि भएको सांघातिक आक्रमणको निन्दासमेत गरेका छन् ।प्रदेश अध्यक्ष यादवले आक्रमणमा परी घाइते भएका जनप्रतिनिधिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सो क्रममा भएका क्षतिको

विरासतको आडमा मलाई सभापति बन्नबाट रोकियोः पौडेल

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले विरासतका आडमा आफूलाई सभापति बन्नबाट रोकेको टिप्पणी गरेका छन् । उनले विगतमा आफ्नो समूहमा रहेका डा. शेखर कोइराला र प्रकाशमान सिंहप्रति असन्तुष्टि जनाउँदै विरासतका नाममा आफूलाई अस्वीकार गरिएपछि खुलेर नआएको बताए । विरासतको आँडमा मलाई हटाइयो, पौडेलले ऋषि धमलासँगर नेपाली रेडियो नेटवर्कसँग भने, अनि म […]

कांग्रेसको आरोप : संंक्रमणको आडमा सरकारले राजनीतिक स्वार्थ सिद्दी गर्न लाग्यो

काठमाडौं। नेपाली कांग्रेसले सरकारले संक्रमणको आडमा राजनीतिक स्वार्थ सिद्ध गर्न लागेको आरोप लगाएको छ। आज बसेको पार्टीको पदाधिकारी बैठकले जनताको स्वास्थ्य र दैनिकी सहज बनाउनेभन्दा कठिन बनाउने लागेको ठहर गरेको हो। बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘कोरोना नियन्त्रणका सम्बन्धमा सार्थक काम गर्न सरकार केन्द्रीत छैन्। संक्रमणको नाममा जनतामा त्रास फैलाएर सत्ता जोगाउन लागिपरेको देखिएकाले पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ।’

लाइसेन्स प्राप्त हतियारको आडमा व्यवसायीको गुन्डागर्दी

२७ जेठ, काठमाडौं । प्रहरी उच्च अधिकारीहरुसँगको साँठगाँठ र लाइसेन्स प्राप्त हतियारको आडमा काठमाडौंका व्यवसायीहरुले गन्डाराज चलाउने गरेको भेटिएको छ । यस्ता व्यवसायीमा ठेकदारदेखि म्यानपावर व्यवसायीसम्म छन् । हतियारको आडमा धम्क्याएको गुनासो आएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अपरेशन नै चलाएको छ । त्यसक्रममा आइतबार नै चार ४ व्यवसायीको नाममा दर्ता …