यात्रु व्यवस्थापन गर्न वायुसेवा सञ्चालकले बनाए अनुगमन समिति

१६ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी र निषेधाज्ञाकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको व्यवस्थापनमा सहजीकरण गर्न वायुसेवा सञ्चालकहरुले अनुगमन समिति बनाएका छन् । वायुसेवा संचालक संघ -आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी बनाएर काम थालेको छ । बिहीबार सीसीएमसीको अनुगमन कमिटीबाट […]

सम्बन्धित सामग्री

हवाई यात्रुको सङ्ख्या बढ्दो

वार्षिक ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । दैनिक करिब २० हजारभन्दा बढी हवाई यात्रुले ओहोरदोहोर गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सङ्ख्यासहित हवाई यात्रुसमेत बढ्दै गएका छन् । प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार पाँच सय र आन्तरिकतर्फ हरेक घण्टा पाँच सय यात्रु व्यवस्थापन गर्ने क्षमता रहेको यस विमानस्थलमा सन् २०२३ को १२ महिनामा ८६ लाख बढी यात्रुले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रा गरेका छन् ।

अध्यागमनको सर्भर डाउन, अन्तरराष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तरराष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’ रूपमा अन्तरराष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ । अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ । ‘अध्यागनको सर्भर डाउन भएकाले मेनुअलरूपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ,’ प्रमुख सेडाइँले भने ।  विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको र  मेनुअलरूपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ । रासस

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको […]

चाडपर्वलक्षित सहुलियत पसल असोज १ गतेदेखि खुल्ने

काठमाडौँ– चाडपर्वलाई लक्षित गरी सरकारले आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएकाे छ। दसैं, तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै सरकारले सहुलियत पसलसँगै बजार अनुगमन, यात्रु व्यवस्थापन लगायतका कार्य सुरु गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान, […]

‘क्यालिब्रेसन फ्लाइट’ पर्खिंदै गौतमबुद्ध विमानस्थल (भिडिओ)

‘यो अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको फोर ई क्याटेगोरीको विमानस्थल हो, यहाँ एयर बस ३३०, बोइङ ७७७, २०० सिरिज क्याटेगोरीका जहाज आउन सक्छन्,’ उनले भने। विमानस्थल निर्माण सम्पन्न भएपछि वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने आयोजनाको लक्ष्य छ।