चीनबाट तीन दिनमा ३३ गाडी निर्माण सामग्री भित्रियो

सिमकोट – उत्तरी चीनसँगको सिमाना हिल्सा नाकाबाट पुनः तीन दिनमा ३३ गाडी निर्माण सामग्री आयात भएको छ। चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि यी सामग्री भित्रिएका हुन्। चीनले तीन दिन गरी ३३ वटा ट्रक र साना गाडीमा निर्माण सामग्री हिल्सामा भित्रिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। जुुन सामग्री पुुस २९ गते नौ, ३० […]

सम्बन्धित सामग्री

नेपाटपको ढल निकास प्रयोजनको लागि डीडब्लुसी पाइप उत्पादन शुरु

काठमाडौं । निर्माण सामग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने Double wall corrugated (DWC) पाइपको उत्पादन शुरु गरेको छ । भारत, चीनलगायत देशहरूमा सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाइजेशन अन्तर्गतको नुवाकोट, पीपलटारस्थित मनमैजु ईण्डष्ट्रिज प्रालिले उक्त पाइपको उत्पादन शुरु गरेको हो । अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा उक्त पाइप उत्पादन थालिएको कम्पनीले बताएको छ ।  भारत, चीनलगायत देशहरूमा दुई दशकभन्दा अघिदेखि कोरोगेटेड डिजाइनमा पाइप उत्पादन भइसकेको छ । ती देशहरूमा यो प्रविधि प्रचलित रहेको कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले हाल प्रचलित अन्तरराष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मि.मि.देखि १२०० मि.मि. गोलाइका पाइप उत्पादन गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले केही समयअगाडि पारित गरेको DWC पाइपको मापदण्ड ने.गु.नं. ५९५ चिह्न प्राप्तिको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ ।  स्वदेशी श्रम एवं स्वदेशी पुँजी प्रयोग गरी नेपालमा नै उत्पादन शुरु गरेपछि भारत एवं चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलकरणमा समेत भूमिका पुग्ने कम्पनीको विश्वास छ । विगतमा प्रयोगमा आइरहेको कंक्रिट ढल पाइपको तुलनामा यो जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवं भरपर्दो रहेको कम्पनीको भनाइ छ । सामान्यतया जडानपश्चात मर्मत सम्भारको झन्झट नहुने, पाइपको भित्री सतह चिल्लो भएको कारण सहज बहाव हुने एवं बाहिरी बनोट रिङ्ग आकारमा रहने भएकोले अत्याधिक भार बहन क्षमता रहने लगायतका विशेषताका कारण यो उपभोक्ताहरूको रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।  यो उत्पादन साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजनालगायतका उत्कृष्ट हुने कम्पनीको भनाइ छ ।

नाम जनताको जलविद्युत्, काम औसत

काठमाडौं (अस) । सरकारले विशेष प्राथमिकताका साथ जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेका तीन जलविद्युत् आयोजनामा आशातीत प्रगति हुन सकेको छैन । रसुवामा आयोजनास्थल रहेका ती आयोजनाको हरेक वर्ष विद्युत् उत्पादनको मिति सर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले पटकपटक स्थलगत निरीक्षण गरेर निर्देशन दिए पनि आयोजनाको काम प्रभावकारी हुन सकेको छैन । नेपालको जलविद्युत् क्षेत्रमा एउटा उदाहरण बनेको चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका ती आयोजनाबाट कहिले विद्युत् उत्पादन हुन्छ भनेर निक्र्यौल गर्नसमेत अप्ठ्यारो हुन थालेको छ । प्राकृतिक विपद्, कोरोना भाइरस संक्रमण जोखिमलगायत कारणले आयोजनाको समय र लागत दुवै बढ्दै गएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । आयोजना छिटो सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लगातार ताकेता गर्दै आए पनि अवस्था उस्तै छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरू सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणको नेतृत्व ताते पनि प्रसारण लाइनको अवस्था उस्तै छ । कहिले प्रसारण लाइन सकिने र आयोजनाको काम सकिए पनि बिजुली जोड्ने कुनै ठेगान छैन । भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोभिड–१९ को महामारीलगायत कारणले आयोजना निर्माणमा जटिलता उत्पन्न भए पनि सहज अवस्थामा समेत काममा गति देखिएको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले नै तीनओटै आयोजनाको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाएका थिए । ‘मुख्य सिभिल संरचनाहरूको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको आयोजनाको निर्माण यथासक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ,’ उनले भने, ‘बाँकी रहेका कामहरू समानान्तर रूपमा अगाडि बढाएर ७/८ महीनाभित्रमा सम्पन्न गर्नुपर्छ ।’ माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायत सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरू जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ । माथिल्लो सान्जेनको क्यासकेडका रूपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रूप दिने काम भइरहेको छ । विद्युत्गृहका उपकरण रहने संरचनाहरूको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ । दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट नआउँदा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मंगलवार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरणहरू जडान शुरू गर्नेछन् । प्रसारण लाइनको टावरहरू निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकी छ । रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरू आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ । ‘इलेक्ट्रोमेकानिक ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरणहरू जडानका लागि ठाउँको अभाव छैन, कामदार थपेर सबै ठाउँमा समानान्तर रूपमा काम गरी ८/९ महीनाभित्र सक्नुहोस्, ठेकेदारले बेहोरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्नेछौं,’ कार्यकारी निर्देशक घिसिङले भने ।  तीनओटै आयोजनाको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेशनमा जोडिनेछ । चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेशन र चिलिमी–त्रिशूली थ्री बी हब सबस्टेशनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । रासस