पुटिनको ‘निजी सेना’लाई उत्तर कोरियाले हतियार दिएको अमेरिकाको आरोप

उत्तर कोरियाले युक्रेनविरुद्ध प्रयोग गर्नका लागि रुसको वाग्नर समूहलाई मिसाइल र रकेट आपूर्ति गरेको अमेरिकाले आरोप लगाएको छ । वाग्नर रूसी सरकारद्वारा समर्थित लडाकुहरूको समूह हो जसले रूसी हितका लागि काम गर्दछ ।येवगेनी प्रिगोजिनले यस निजी सेनालाई कम्पनीको रूपमा रकम दिन्छ । प्रिगोजिन पुटिनको नजिक छन् । यसलाई पुटिनको निजी सेना पनि भनिन्छ । ह्वाइट हाउसले हतियारको यो खेप पठाएर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन भएको जनाएको छ । वागनरमाथि अब थप प्रतिबन्ध लगाइनेछ ।यद्यपि, उत्तर क

सम्बन्धित सामग्री

अमेरिकाको आरोप– उत्तर कोरियाले रुसलाई एक हजार कन्टेनर हतियार दियो

रुस र युक्रेनबीच एक वर्षयता जारी युद्ध रोकिने कुनै छाँटकाँट देखिएको छैन । रुसी सेनाहरू अझै युक्रेनभित्रै छन् र त्यहाँका विभिन्न स्थानहरूमा युक्रेनको जवाफी आक्रमणविरुद्ध लडिरहेका छन् ।

उत्तर कोरियाले रुसमा हतियार निर्यात गरेको अमेरिकाको आरोप

न्युयोर्क – उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई “महत्वपूर्ण“ तोपखाला गोला बारूद पठाउँदै गरेको अमेरिकाले दाबी गरेको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए। उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र […]