ललितपुरमा भवन निर्माणमा नयाँ मापदण्ड

१७ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले भवन निर्माणमा नयाँ मापदण्ड लागू गरेको छ । १५ साउनदेखि लागू गरेको नयाँ मापदण्ड अनुसार अब १७ मिटर उचाइसम्म आवासीय तथा व्यापारिक भवनहरुमा संधियारतर्फ भेन्टिलेसन नराख्ने भएमा टाँसिएको भवन निर्माण गर्न दिने उल्लेख छ । २०७२ सालको भूकम्पपछि ललितपुर महानगरपालिकाले टाँसिएर घर बनाउन दिएको थिएन । १७ मिटर भन्नाले […]

सम्बन्धित सामग्री

भ्रष्टाचारको महल र नेपालको कानुनी प्रणाली

काठमाडौं महानगरमा गत सातादेखि नवनिर्वाचित मेयर बालेन्द्र साहले अनधिकृत निर्माणमा धावा बोल्न थालेपछि यसको विभिन्न कोणबाट व्याख्या सुरु भएको छ । सरकारले नै आफ्ना सरकारी भवन नक्सा पास नगरी बनाउने तथा मापदण्ड पनि पालना नगर्ने नेपालमा प्रवृत्ति नै छ । अझ सिंहदरबारभित्रका भवन तथा संरचनाका बारेमा पनि विभिन्न टीकाटिप्पणी भएको धेरै अगाडिदेखि नै हो । […]

गुणस्तर निर्माण सामग्री : बलियो भवनको भरपर्दो आधार

काठमाडौं । कंक्रिट (पक्की) भवन निर्माणमा निर्माण सामग्रीको ठूलो भूमिका हुन्छ । भवन निर्माण खर्चको ठूलो हिस्सा निर्माण सामग्रीमै लाग्छ । निर्माण सामग्री नै पक्की भवनको मेरुदण्ड हो । भवन निर्माणमा निर्माण सामग्री पहिलो आधार भएकाले यसको गुणस्तरमा बेपर्वाह भने गर्नुहुन्न । गुणस्तरमा खेलवाड गर्दा घर निर्माण अपरिपक्व हुन सक्छ । यो भनाइलाई पुष्टि गर्न चिनियाँ  उद्योगीको उत्पादन विधिलाई बुझ्नु जरुरी छ । चिनियाँ एकैखाले कच्चा सामग्रीबाट १ सयदेखि लाखौं मूल्य पर्ने वस्तु उत्पादन गर्न सक्छन् । सामान एउटै, कच्चा पदार्थ एउटै, बनाउने मिस्त्री र मेसिन एउटै भए पनि गुणस्तर फरक हुन्छ । एउटै वस्तुमा गुणस्तर र त्यसको प्रयोग फरक कसरी हुन्छ भन्दा चिनियाँ  वस्तु उत्पादन तरिकाबाट जान्न सकिन्छ । भवन निर्माणमा पनि यही नियम लागू हुन्छ । पक्की भवन निर्माणमा प्रयोग गरिने सामग्री सिमेन्ट, डन्डी, इँटा, बालुवा, गिटी आदि प्रमुख हुन् । घर बलियो, कमजोर वा आयु लामो, छोटो बनाउने यिनै सामग्रीको संयोजन वा मिश्रणबाट हुन्छ । यसलाई इन्जिनियरिङ भाषामा मेटेरियल कम्पोजिसन भन्ने गरिन्छ । सिमेन्ट सिमेन्ट एक प्रकारको वस्तु जमाउने गमजस्तै हो, जसलाई कन्स्ट्रक्सन कार्यमा प्रयोग गरिन्छ । यसले गिटी, बालुवालाई पानीमा घोलेर सेट गर्ने कार्य गर्दछ । चुनढुंगा, माटो, मार्ल, सेल, चक, बालुवा, क्लिंकर आदिको रासायनिक संयोजनमार्फत सिमेन्ट बन्छ । सिमेन्ट ओपिसी (अर्डिनरी पोर्टल सिमेन्ट), पीपीसी (पोर्टल्यान्ड पोजोलाना सिमेन्ट), पीएससी (पोर्टल्यान्ड स्ल्याग सिमेन्ट), सुपर ग्रेड सिमेन्ट, ह्वाइट सिमेन्ट, वाटर रिपेलेन्ट सिमेन्ट, सल्फेट रेसिस्टेन्ट, लो हिट सिमेन्ट, हाई आल्मुनियम सिमेन्ट, हाइड्रोलिक सिमेन्ट, र्‍यापिड हार्डनिङ सिमेन्ट, एक्सपेन्सिभ सिमेन्ट, एयर इन्ट्रेनिङ सिमेन्ट आदि छन् । नेपालमा ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन हुने गर्दछ । यो भनेको सिमेन्टको ग्रेड हो । जति राम्रो र उच्च ग्रेड, त्यति नै राम्रो र बलियो मानिन्छ सिमेन्ट । साधारणतया ३३ ग्रेडको सिमेन्ट तयार हुन २८ दिन लाग्छ । उच्च ग्रेडको सिमेन्ट सेट भने छिटो हुन्छ । छिटो सेट हुने उच्च ग्रेडको सिमेन्ट, जुन पुल, ड्याम आदि निर्माणमा उपयुक्त हुन्छ । विशेषगरी घर बनाउन ओपीसी सिमेन्ट प्रयोग हुन्छ, जुन नेपाली बजारमा ३३, ४३ र ५३ ग्रेडमा उपलब्ध छ । स्वभावैले बलियो र उच्च गुणस्तर निर्माणका लागि ५३ ग्रेडको सिमेन्ट प्रयोग गर्नु उपयुक्त मानिन्छ । डन्डी भवन बलियो र टिकाउ बनाउन डन्डीको प्रयोग हुन्छ । यसले कंक्रिटलाई बांधेर संरचनालाई सुरक्षित राख्न सहयोग पुर्‍याउँछ । उच्च कार्बनयुक्त डन्डीमा अत्यधिक टन्साइल हुन्छ । यसले डन्डीलाई बलियो बनाउँछ । भवन निर्माणका लागि सबभन्दा राम्रो टीएमटी र टीएमएक्स स्टिललाई लिन सकिन्छ । बालुवा कन्स्ट्रक्सन क्षेत्रमा बालुवा एक अभिन्न अंग मानिन्छ । बालुवा विभिन्न ढुंगा, माटो तथा अन्य पदार्थको मिश्रणबाट बन्ने भएकाले यसको गुणस्तरमा एकरूपता पाइँदैन । भवन निर्माणमा सबभन्दा उच्च गुणस्तरको बालुवा खोलाको मानिन्छ । बालुवामा माटो र अन्य वस्तुको मिसावट ५ प्रतिशत प्रतिशतभन्दा बढी भए कम गुणस्तरको मानिन्छ । यसको गुणस्तर सिभ एनालाइसिस प्रविधि जाँचबाट थाहा पाउन सकिन्छ । गिटी भवन निर्माणमा प्रयोग गरिने गिटी स्टान्डर्ड साइजको हुनुपर्दछ । स्टान्डर्ड साइज भन्नाले साधरणतया ६ इन्चको कालो र बलियो ढुंगाबाट बनेको हुनुपर्छ । कंक्रिट राम्रो बन्न ठूलो साइजको गिटी पनि राम्रो मानिँदैन । त्यसमा सबै साइजको गिटी मिसिएको हुनुपर्छ । यसको गुणस्तर पनि सिभ एनालाइसिस प्रविधिबाट जाँच गरिन्छ । भवन निर्माणमा गुणस्तर सामग्री पहिलो सर्त हो । त्यसपछि अनुभवी एवं योग्य मिस्त्री र कामदार हुनु आवश्यक छ । इन्जिनियर तिलक बानियाका अनुसार भवन बलियो र टिकाउ बन्न गुणस्तर सामग्री मात्र भएर पुग्दैन, त्यसका लागि अनुभवी कामदार आवश्यक पर्दछ । एउटा पक्की भवनका लागि सिमेन्ट, बालुवा र गिटीको उचित मिश्रण नै पूर्ण आयुको ग्यारेन्टी हो । भवन निर्माणमा स्पष्ट मापदण्ड निर्धारण गरिएको  छ । जस्तो, प्लास्टर, छत ढलान, जग ढलान र वाल लगाउन प्रयोग गरिने सिमेन्ट र बालुवाको मात्रा तोकिएको हुन्छ । सो मापदण्ड पूरा भएर मात्र बलियो नहुने ०७२ सालको भूकम्पबाट प्रस्ट हुन्छ । भवन छिटो र कम खर्चमा बनाउने गलत कार्यको उपज नै कमजोर संरचना ठडिरहेका छन्, जुन मानव जातिकै धराप बनिरहेका त छैनन् भन्ने प्रश्न खडा गरिदिएको छ । यसबाट मुक्ति पाउने एक मात्र भरपर्दो र उपयुक्त माध्यम भनेको गुणस्तरयुक्त निर्माण सामग्रीको उचित प्रयोग, अनुभवी र दक्ष कामदारबाट काम लिनु हो ।

अब उपभोक्ता समितिमार्फत हुने निर्माणमा कसिलो मापदण्ड

महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले देखाउँछ– सहरी विकास तथा भवन निर्माण विभागले उपत्यकाका ९९ उपभोक्ता समितिमार्फत मन्दिर, उद्यान, नाला निर्माणमा २० करोड ६४ लाख ९६ हजार खर्च गर्‍यो । सघन सहरी तथा भवन निर्माण आयोजना पर्साले गत आर्थिक वर्षमा ७ उपभोक्ता समितिमार्फत निर्माणको काम गराई २ करोड ८१ लाख रुपैयाँ भुक्तानी दियो ।

आधुनिक भवन निर्माणका मापदण्ड

काठमाडौं । आधुनिक भवन निर्माणमा आर्किटेक्चर विधाका मुख्य तीन विषय महत्वपूर्ण मानिन्छन् । यिनै मुख्य कुराको आधारमा भवन निर्माणको नक्सांकन गरिन्छ । यसो गरिए भवनलाई आरामदायी, बलियो र सुन्दर बनाउन सहयोग गर्छ । यी विषयबारे ज्ञान हुँदा भविष्यमा निर्माण गरिने भवनबाट जीवनभर ढुक्क हुन सकिन्छ । प्रयोग गर्न सजिलो भवन प्रयोगको हिसाबले सजिलो हुनुपर्दछ । एक पटक भवन निर्माण गरेपछि पटक–पटक बनाउन र परिवर्तन गर्न सकिँदैन । अन्य प्रयोगका वस्तु बदल्न सकिन्छ तर भवन हत्तपत्त बदल्न सकिँदैन । त्यसैले भवन प्रयोगको हिसाबले सजिलो र आरामदायी हुनुपर्दछ । आयु लामो बनाउने क्रममा भवनलाई प्रयोग गर्न कठिन हुने गरी बनाइनुहँुदैन । भवन सबै सदस्यका लागि एकदमै सजिलो र आनन्दायक हुनुपर्दछ । बस्न, खान, सुत्न, भेटघाट गर्न सबै हिसाबले एकदमै मिलेको सेवादायक हुनु आवश्यक छ । एउटा सुविधायुक्त भवनमा खबर तथा सूचना प्राप्त गर्न टिभी च्यानल प्रयोग गर्न सकिने व्यवस्था हुनु आवश्यक छ । भान्सा कोठा खाना खाने कोठासँगै जोडिएको हुनुपर्छ । डाइनिङसँगै बैठक कोठा जोडिएको अति उत्तम मानिन्छ । पाहुना तथा घरका सदस्य भान्सामा जान सजिलो हुनुपर्दछ । झ्यालमा प्रकाश पुग्ने गरी राखिनुपर्दछ । आकाशबाट सीधै सूर्यको प्रकाश पस्ने गरी छानाको व्यवस्था हुनु आवश्यक छ । लुगा–कपडा राख्न आवश्यक व्यवस्था हुनु जरुरी छ । गाडी राख्ने ग्यारेजको उचित व्यवस्था र बाहिर बगैंचा एवं रुखले आकर्षण थप्छ । यी सबै आधुनिक भवनका आवश्यकता हुन् । बलियो र टिकाउपना भवन राम्रो मात्र भएर हुँदैन । बलियो र टिकाउ हुनु आधुनिक भवनको प्रमुख विशेषता हो । वास्तुशास्त्रमा भवनको आयु हजार वर्ष रहेको उल्लेख गरिएको छ । भवन पुस्तौंका लागि परिकल्पना गरेर निर्माण गरिन्छ । तर, त्यसका लागि आवश्यक निर्माण सामग्री गुणस्तर भएर मात्र पुग्दैन, तालिम प्राप्त र अनुभवी मिस्त्री हुनु त्यत्तिकै आवश्यक हुन्छ । यति मात्र होइन, कतिपय निर्माण कार्यमा समेत उत्तिकै ध्यान दिन आवश्यक पर्छ । जस्तो, काठपातमा पानी प¥यो भने छिटो कुहिन्छ । डन्डीलाई चिसोबाट बचाउनुपर्छ । डन्डीमा चिसो पस्यो भने खिया लाग्छ र छिट्टै बिग्रने हुन्छ । पानी म्वाइस्चर, रुखका जरा र जगमा पानीका स्रोत हुनु भवनका आयु प्रतिकूल हुन् । यसबाट बच्नु नै भवनको सुरक्षा गर्नु हो र आयु लम्ब्याउनु हो । सुन्दरता भवनको सुन्दरता पनि महत्वपूर्ण पक्ष हो । त्यही मानिस सजिसजाउ भयो भने राम्रो देखिन्छ । लुगा सफासुग्घर भयो भने असुन्दर पनि राम्रो देखिन्छ । त्यस्तै, भवन पनि रङरोगन र बाहिरी सजावटले निकै आकर्षक देखिन्छ । फूल बगैंचाको पनि भवनमा महत्वपूर्ण भूमिका रहन्छ । फूल बगैंचा भवनका गहना हुन् । सफासुग्घर तरिकाले सजाइएको भवनको आभा मण्डल आकर्षक देखिन्छ । वरिपरि फोहोर गरेको, जथाभावी लुगा सुकाएको, झगडा भइरहेको र सामान यत्रतत्र फालिएको भवन सुन्दर देखिन्न । भवनलाई आकर्षक र सुन्दर देखाउने कार्यमा बाहिरी र भित्री सजावटको प्रमुख भूमिका रहेको हुन्छ । कुनै पनि वस्तु भएर मात्र राम्रो हुँदैन । त्यसलाई आकर्षक ढंगले मिलाउनाले सुन्दरता थप्छ । यो कार्य आर्किटेक्चर र सजावटसम्बन्धी ज्ञान भएका अनुभवी एवं दक्ष कामदारको सहयोगले मात्र सम्भव हुन्छ । वास्तु विधान पुस्तकका लेखक डा. प्रेमराज न्यौपानेले आधुनिक भवनका प्रमुख विशेषताको रूपमा प्रयोगमा सजिलो, बलियोपना र सुन्दरतालाई आकर्षक ढंगले व्याख्या विश्लेषण गरेका छन् । उनको निचोडअनुसार आधुनिक भवन हुन यी तीन प्रमुख विशेषता अति आवश्यक रहेकामा जोड दिएका छन् । इञ्जिनियर तिलक बानिया पनि आधुनिक भवन बलियो र आकर्षक हुनुपर्ने कुरासँग सहमत छन् । त्यसैले निष्कर्षमा के भन्न सकिन्छ भने भवन निर्माण गर्दा खर्च कम गर्ने लालसामा कमजोर, असुविधायुक्त र असुन्दर बनाउनु दुःखकष्ट गरी जीवन गुजारा गरेजस्तै हो ।

घर बनाउँदै हुनुहुन्छ ?

काठमाडौं । घर वासस्थान मात्र होइन, सुरक्षा पनि हो । खर्चको कन्जुस्याइँमा कमसल घर बनाउनु जीवनलाई धरापमा थाप्नुसरह हो । त्यसैले घर निर्माण कार्यमा जग्गा छनोटदेखि रङरोगनसम्ममा विशेष ध्यान दिनु आवश्यक छ । जग्गा छनोट भवन निर्माणको पहिलो कार्य जग्गा छनोट हो । चार कुना मिलेको, बाढीपहिरोको जोखिम नभएको, ढल, सेप्mटी टयांकीको निकास भएको, खानेपानी, बिजुली, सडक सुविधा भएको, धेरै भिरालो नभएको, पहारिलो (घाम लाग्ने), स्वस्थ वातावरणयुक्त, पुरिएको माटो नभएको आदि कुराले युक्त भएको जमिन भवन निर्माणका लागि उपयुक्त मानिन्छ । जमिनको संरचनाअनुसार भवन निर्माणमा प्रयोग गरिने सामग्री र जगको गहिराइ कतिसम्म हुने भन्ने निक्र्योल गर्छ । त्यसैले भवन निर्माणअघि जमिनको माटो परीक्षण गराउनुपर्छ । माटोको भारवहन क्षमताअनुसार संरचना निर्माणमा ध्यान पुर्‍याउनुपर्ने विषय मापदण्डमा स्पष्ट उल्लेख गरिएको छ ।   आर्किटेक्ट इन्जिनियरिङ घर निर्माणको स्वरूप निर्धारण कार्य आर्किटेक्ट हो । जमिनको आकारअनुसार कस्तो भवन बनाउने भन्ने निक्र्योल आर्किटेक्टको हो । अर्थात, घर बनाउने कार्य नक्सा डिजाइनबाट सुरु हुन्छ । घरको पूर्ण आकार दिने कार्य आर्किटेक्ले गर्छ । भवन कति तलाको बनाउने, साइज कति हुने, झ्यालढोका कता फर्काउने, कोठाको साइज कति हुने, भान्साघर कता फर्काउने, बाथरुम, टवाइलेट (भित्री सजावट) कस्तो बनाउन उपयुक्त हुन्छ, बगैंचा, पार्किङ कहाँ र कस्तो बनाउने, बैठक कोठा, बेडरुमलगायत सबै नक्सामा उल्लेख गरिन्छ । त्यसैले भनाइ छ, आर्किटेक्ट इञ्जिनियर इञ्जिनियरको पनि इञ्जिनियर हो । उसले भवनको सम्पूर्ण भू(भाग अध्ययन गरेको हुन्छ र कोठाचोटा चहारेको हुन्छ । घरधनीले चाहेजस्तो भवनको नक्सांकन र सहज निकास हुने गरी डिजाइन गर्ने कार्य आर्किटेक्टले गर्छ ।   भवनको मापदण्ड निर्धारण जसरी भवन निर्माण कार्यका लागि विभिन्न मापदण्ड तोकिएको छ, त्यसैगरी भवन निर्माण्माा प्रयोग गरिने सामग्रीको पनि मापदण्ड तोकिएको छ । भवनको तलाअनुसार जगको मापदण्ड बनेको छ । जति अग्लो भवन बनाइन्छ, त्यति नै बलियो जग बनाउनुपर्ने हुन्छ । जगले नै भवनको आयु निर्धारण गरेको हुन्छ । त्यसपछि अर्को महत्वपूर्ण भाग पिलर हो । पिलर पनि भवनको तलाअनुसार डन्डीको प्रयोग गर्नुपर्छ । मापदण्ड अनुसार सिमेन्ट, बालुवा, गिटीको मिश्रण हुनु आवश्यक छ । प्राकृतिक प्रकोपको डर, त्रासमा वृद्धि भएसँगै प्रविधिको विकास पनि तीव्र विकास भइरहेको छ । यी स्ट्रक्चरल कार्य हुन । यसका लागि अहिले स्ट्रक्चरल इञ्जिनियर हुने प्रावधान राखिएको छ । यिनले सिमेन्ट, बालुवा, गिटी, रड आदिको प्रयोगसम्बन्धी मापदण्ड तोक्ने कार्य गर्छन । अहिलेको नियमअनुसार स्ट्रक्चरल इञ्जिनियरले तोकेको मापदण्ड पूरा भएन भने घर पास हुँदैन । सो मापदण्डअनुसारको निर्माण कार्य भइरहेको छ÷छैन अनुगमन, निरीक्षण गर्ने कार्य सिभिल इञ्जिनियरको हो । त्यसैगरी बिजुली वायरिङ, प्लम्बिङ, रङरोगन कार्यमा समेत विशेष ध्यान दिन जरुरी छ । प्लम्बिङको वायरिङ वालभित्र गरिनु भविष्यका लागि समस्या हुन सक्छ । त्यसैले प्लम्बिङ, वायरिङ वालबाहिर गर्नु उपयुक्त हुन्छ र ठीकसँग वायरिङ हुनु पनि त्यत्तिकै महत्वपूर्ण छ ।   भवन निर्माणजस्तो काममा सीधा सिंगो घरको आकारलाई मात्र बुझियो भने त्यो कच्चा काम हुनेछ । पहिलो कार्य घर बलियो बनाउन गुणस्तरीय सामान हुनु अति आवश्यक छ । सामान गुणस्तरीय मात्र भएर पनि पुग्दैन । त्यसको उचित मात्रा मिलाएर उचित प्रयोग गर्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले घर बनाउँदा भवन विभागले तोकेको मापदण्डअनुसारको कार्य गर्न सक्ने दक्ष र अनुभवि मिस्त्री हुनु जरुरी छ । एउटा दक्ष कामदारको महत्व कति छ भन्ने कुरा प्राचीन मठ, मन्दिर निर्माणबाट प्रस्ट हुन्छ । जस्तो, काठैकाठले जोडेर बनाएको मन्दिरमा दुई वटा काठबीचको जडानलाई हेरे पुग्छ, जुन शताब्दीयौं वर्षसम्म पनि त्यसको जडान जस्ताको तस्तै कसरी रहन सके होला ? यसको सीधा अर्थ घर बलियो बनाउन सामान गुणस्तरीय मात्र भएर पुग्दैन, त्यसलाई उचित प्रयोग गर्न सक्नु पनि हो । भवन निर्माण कार्यमा दक्ष र अनुभवी मिस्त्रीको आवश्यकतामाथि जोड दिन्छन, इञ्जिनियर तिलक बानिया ।  गुणस्तरीय सामग्रीको उचित मिश्रण र मापदण्डअनुसार तयार गर्न सकिएन भने त्यसको औचित्य नरहने उनको भनाइ छ ।  नेपालमा गुणस्तरीय सामग्री उपलब्ध हुँदाहुँदै पनि कमसल घर बन्नुमा दक्ष कामदार अभाव रहेको बानियाको स्वीकारोक्ति छ । त्यसैले जसरी पनि घर बनाउने चाहनाले घरको आयु छोटयाउने उनले बताए ।

भूकम्प प्रतिरोधी भवन निर्माणमा सरकारी मापदण्ड

काठमाडौं । बलियो घर सुरक्षाको आधार हो । प्राकृतिक आपदविपदबाट सुरक्षा दिने घर पूर्ण आयुअनुसार निश्चिन्त हुने गरी बनाउनु बुद्धिमानी ठहर्छ । त्यसैले घर बनाउने जस्तो विषयमा कम खर्चको लोभले ज्यान जोखिममा पार्नुभन्दा सरकारले तोकेको मापदण्डअनुसार बनाउनु उपयुक्त हुन्छ । मापदण्डबिना बनाइएका भवनको निर्माण सम्पन्नताको प्रमाणपत्र दिन रोक लगाइएको मात्र छैन, बनेको भवनलाई भत्काउन सक्ने अधिकारसमेत दिइएको छ । त्यसैले भवन निर्माण गर्दा सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले तोकेको मापदण्ड पालना गर्नु तपाईं–हामी सबैको कर्तव्य हो । सरकारले तोकेको मापदण्डअनुसार तीन तलासम्म भवन निर्माण गर्ने अनुमति दिइएको छ । सो मापदण्डभित्र पनि विविध मापदण्ड छन । जस्तै, जग निर्माण, टाई विम निर्माण, गारोको मोटाइ, डन्डी राख्ने तरिका, आरसीसीलगायत सिमेन्ट, बालुवा, गिटी मिक्स विधि आदिका मापदण्ड । विभागको भवन निर्माणसम्बन्धी विभिन्न मापदण्ड बनाएको छ । ती मापदण्डको थोरै मात्र ज्ञान भए पनि भवन निर्माणमा धेरै हदसम्म सहयोगी बन्न सक्छ । त्यसैले केही प्रमुख मापदण्ड यस्ता छन : जग निर्माणसम्बन्धी इँटाको गारोमा सिमेन्ट मसलाको जोडाइको जगमा चौडाइ ३–० इञ्च र गहिराइ पनि सोहीअनुसार हुनुपर्छ । ढुंगाको गारोमा सिमेन्ट मसलाको जोडाइको जगमा चौडाइ ३–० इञ्च र गहिराइ पनि सोहीअनुसार हुनुपर्छ । माटोको मसलाको जोडाइको निर्माण गरिने घरको जग चौडाइ ३–६ इञ्च र गहिराइ पनि सोहीअनुसारको हुनुपर्छ । त्यस्ता भवन दुई तलाभन्दा अग्लो निर्माण गरिनुहुँदैन । जमिनमा एक तह इँटा सोलिङ गरी त्यसमाथि ३ इञ्चको पीसीसी ढलान १ः२ः४ (सिमेन्ट १ बोरा, बालुवा २ भाग र गिटी ४ भाग) को अनुपातमा गर्नुपर्छ । टाई बिम निर्माण गारोलाई एकापसमा बाँध्न र जमिनबाट आउने चिसोपना रोक्न कंक्रिटको टाई बिम राख्नुपर्छ । यसको लेभल साधरणतया जमिनबाट १–६ इञ्चदेखि २–६ इञ्चसम्म हुनुपर्छ । यसको चौडाइ गारोको चौडाइ बराबर र उचाइ कम्तीमा  ०–६ इञ्च हुनुपर्छ । यसलाई १ः१.५ः३ कंक्रिटको अनुपातमा ढलान गरी बनाउनुपर्छ । गारोको मोटाइ इँटाको गारोमा सिमेन्ट मसला १ः६ को जोडाइमा भुइँ तलामा १४ इञ्च मोटाइमा, पहिलो र दोस्रो तल्लामा ९ इञ्च मोटाइको गारो लगाउनुपर्छ र कोठाको चौडाइ ११–० इञ्चभन्दा बढी हुनुहुँदैन । ढुंगाको गारो सिमेन्ट मसला १ः६ को जोडाइमा भुइँ तलामा १८ इञ्च मोटाइ र पहिलो तल्लामा १४ इञ्च मोटाइको गारो आवश्यक पर्छ । ढुंगाको गारोबाट निर्माण गर्दा बढीमा दुई तल्लासम्मको अग्लो भवन सुरक्षित हुन्छ र कोठाको चौडाइ ११(० इञ्चभन्दा बढी हुनुहुँदैन । इँटाको गारो माटोको मसलाको जोडाइमा दुई तल्लासम्म मात्र निर्माण गर्नु उपयुक्त हुन्छ । यसमा भुइँ तल्लाको गारोको मोटाइ १४ इञ्च र पहिलो तल्लोको गारोको मोटाइ ९ इञ्च हुनुपर्छ । झ्याल–ढोका राख्ने स्थानको चयन घरमा झयालढोका राख्दा कोठाको कुनादेखि २–० सेन्टिमिटर छाडी राख्नुपर्छ । एउटै गारोमा झ्यालढोका राख्नुपरेमा एक झ्याल या ढोकादेखि अर्को झ्याल या ढोकाको अन्तर कम्तीमा झयालको उचाइको आधाभन्दा बढी हुनुपर्छ । कुना बन्धन (आरसीसी स्टिच) को निर्माण कुना र टी जोर्नी राख्दा दुबै गारोलाई च्यापिने गरी कंक्रिटको स्टिच बनाई राख्नुपर्छ । स्टिचको चौडाइ गारोको चौडाइ बराबर र मोटाइ कम्तीमा ३ इञ्च हुनुपर्छ । स्टिचको लम्बाइ गारोको कुना वा जोर्नीबाट कम्तीमा ४–० सेन्टिमिटर  दूरीसम्म राख्नुपर्छ । यसमा २.५ लाइन (८ मिमि) को डन्डी २ वटा तेस्रो गरी र २ लाइन (६ मिमि) डन्डीको रिङ ६(६ इन्चको फरकमा राख्नुपर्छ । यस्ता स्टिचहरू बढीमा गारोको हरेक २ इञ्च ६ सेमिदेखि २ इञ्च ६ सेमि उचाइमा राख्दै जानुपर्छ । फ्लोर विम निर्माण स्ल्याब अडिने गारामाथि स्ल्याबसंगै फ्लोर बिम राख्नुपर्छ । बिमको चौडाइ गारोको चौडाइ बराबर र उचाइ १३ सेमि हुनुपर्छ । तेस्रो पेटी (सिल ब्यान्ड र लिन्टल ब्यान्ड) ब्यान्ड निर्माण झ्यालढोकाको माथि लिन्टल लेभलमा तथा झ्यालको ठीक मुनि अर्थात सिल लेभलमा तेस्रो पेटी (सिल ब्यान्ड र लिन्टल ब्यान्ड) राख्नुपर्छ । यस्ता ब्यान्डको चौडाइ गारोको चौडाई बराबर र मोटाइ कम्तीमा ०–३ सेमि  हुनुपर्छ । ४–० सेमिभन्दा बढी लम्बाइको झ्यालमाथिको ब्यान्डको मोटाइ कम्तीमा ०–६ सेमि  हुनुपर्छ । सिल ब्यान्डमा ४ लाइन (१२ मिमि) को डन्डी २ वटा र २.५ लाइन (८ मिमि) को रिङ ६(६ इञ्चको फरकमा राख्नुपर्छ । ६ सेमि मोटाइको लिन्टल ब्यान्डमा ४ (१२ मिमि) को डन्डी ४ वटा र २.५ लाइन (८ मिमि) को रिङ ६(६ इञ्चको फरकमा राख्नुपर्छ । ठाडो डन्डी राख्ने तरिका गारो जोडिने स्थान (कुना र टी जोर्नी) मा कम्तीमा एक वटा ५ लाइन (१६ मिमि) को डन्डी जगदेखि छाना वा स्ल्याबसम्म पुग्ने गरी राख्नुपर्छ । झ्याल र ढोकाको दायाँबायाँ ३ लाइन (१० मिमि) को ठाडो डन्डीहरू टाइबिमदेखि स्ल्याबसम्म राख्नुपर्छ । ठाडो डन्डीका लागि ४ गुणा ४ सेमि प्वाल बनाई १ः१.५ः३ को कंक्रिट भर्नुपर्छ । सामान्यतया गारो सबै एकै उचाइमा लगाउँदै जानुपर्छ । यदि कुनै गारो पूरै उठाएर अन्य गारो पछि लगाउनुपर्ने भए तह–तहमा खुडकिला छाडदै लगाउनुपर्छ । एक दिनमा १ मिटरभन्दा अग्लो गारो लगाउनुहुँदैन ।

इन्टरलक इँटाले बनाउँछ भूकम्पीय प्रतिरोधात्मक र वातावरणमैत्री भवन

काठमाडौं । नेपालमा ०७२ को भूकम्पले पु¥याएको मानवीय क्षति र भौतिक संरचनाको आँकडाले अहिलेसम्म जोकसैलाई झस्काउने गरेको छ । भूकम्प आउनुअघि विज्ञहरूको चेतावनीलाई गहन रूपमा लिएर सुरक्षित आवास निर्माणमा ध्यान दिन सकेको भए यति धेरै क्षति बेहोर्नुपर्ने थिएन । भूकम्पीय क्षतिपछि पुनर्निर्माणसँगै भूकम्पीय प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी विस्तृत अध्ययन सुरु भए । विभिन्न विज्ञहरूको खोज अनुसन्धानबाट प्रथमतः ढुंगा र माटोबाट भूकम्पीय प्रतिरोधात्मक भवन निर्माण विधि बन्यो र सोहीअनुसार भवन निर्माण भए, गरिँदै छन् । त्यसका अलावा विभिन्न स्वतन्त्र अध्ययनबाट एएसी ब्लक, इन्टरलक इँटा, फेब्रिकेटेडलगायतबाट सुरक्षित भवन निर्माण गर्न सकिने प्रविधि र सामग्री उपलब्ध हुन थालिसकेका छन् । भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि इन्टरलक इँटाको महत्वबारे जानी राखौं । सस्तो, टिकाउ, सुलभ, बलियो र छोटो समयमै भूकम्प प्रतिरोधात्मक भवन निर्माण सबैको चाहना हुने गर्छ । यसलाई केही हदसम्म पूरा गरिदिएको छ, विल्ड अप नेपालले । रातो इँटा उपलब्ध नहुने स्थानमा समेत इन्टरलक इँटा उत्पादन गर्न सकिन्छ । उद्योग सञ्चालन गर्न चाहनेलाई चार दिने तालिम र मेसिन उपलब्ध गराएर उद्यमी बन्न सहयोग पु¥याएको छ । सामान्य इँटाजस्तोे पोल्न नपर्ने भएकाले यसलाई वातावरणमैत्री मानिन्छ । यो माटो, बालुवा र सिमेन्टको प्रयोग गरेर निर्माण गरिन्छ, जसले इन्सुलेसनको कार्य गर्दछ । माटोमा तातो र चिसो सोस्ने गुण हुने भएकाले गर्मी र चिसोबाट सुरक्षित राख्न सहयोग पु¥याउँछ । सरकारले तोकेको इँटाको मापदण्ड ३.५ एमपिए (मेगापासकल) हो जबकि यसको मापदण्ड १५ एमपिएसम्म छ । यो इँटाको प्रमुख विशेषता भनेकै कम खर्चमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण हो । अन्य इँटाभन्दा यो इँटाबाट २५ प्रतिशत कम खर्चमा भवन निर्माण गर्न सकिन्छ । सिमेन्ट र बालुवाको मात्रा प्रयोग कम हुनु र इँटाको फिनिसिङ राम्रो भएका कारण प्लास्टर गर्नुपर्ने झन्झट पनि हुँदैन । यस्तो इँटा साइज ९ इन्च र ६ इन्चको साइजमा उपलब्ध हुने गरेको छ । साइज ठूलो र वाल निर्माण गर्न सजिलो भएका कारण अन्य इँटामा भन्दा कम मजदुरको प्रयोगबाट भवन निर्माण गर्न सकिन्छ । यस इँटाबाट कम खर्चमा भवन निर्माण हुनुमा सिमेन्टको कम प्रयोग, प्लास्टर गर्नु नपर्ने र कम कामदारको प्रयोग गरे हुनु रहेको छ । इन्टरलक इँटा भूकम्प प्रतिरोधात्मक हुनुको प्रमुख कारणमा पहिलो, यसको बनाबट नै दुई वटा इँटा एकापसमा जोड्न मिल्ने गरी बनाइएको हुन्छ । दोस्रो, इँटाको बीचमा दुई वटा प्वाल राखिएको हुन्छ, जसको प्वालमा डण्डी राखिन्छ । सो प्वालमा सिमेन्टको घोल राखिन्छ, जसले गर्दा इँटालाई बाँधेर राख्ने काम गर्दछ र वाल बलियो बनाउँछ । यसले गर्दा वाल हल्लिन पाउँदैन र भूकम्पले क्षति पुर्‍याउन सक्दैन । के हो इन्टरलक इँटा ? इन्टरलक इँटा दुई किसिमले उत्पादन हुने गरेको छ । पहिलो, माटो, सिमेन्ट र बालुवाको मिक्सबाट बनाउने गरिन्छ । अर्को, धुलो र सिमेन्टको मिक्सबाट बनाउने गरिन्छ । यो धुलो गिटी बनाउने क्रसर उद्योगबाट आउने धुलो प्रयोग गरिन्छ । तर, नेपालमा विशेषगरी माटो, सिमेन्ट र बालुवाको प्रयोगबाटै इँटा बनाउने गरिएको छ । यो रातो इँटाजस्तो पोल्नुपर्दैन । बालुवा, सिमेन्ट र माटोको मिश्रणलाई मेसिनमा राखिन्छ र बिजुलीको करेन्ट हिटिङमार्फत पकाउने कार्य हुन्छ । सो इँटालाई प्रेस गरेर मेसिनबाट बाहिर निकालिन्छ । बाहिर निकालेको २४ दिनसम्म छायामा राखिन्छ र २१ दिनसम्म क्युरिङ गरिन्छ । त्यसपछि मात्र प्रयोग गर्न उपयुक्त मानिन्छ । यसको विशेषता भनेको स्थानीय क्षेत्रमै उत्पादन गर्न सकिन्छ । बिल्ड अप नेपालका अधिकारी इन्द्रका अनुसार बालुवायुक्त खस्रो माटोमा यो इँटा बनाउन सकिन्छ । चिम्टाइलो र बढी लेसिलोयुक्त माटोमा बनाउन मिल्दैन । त्यसैले खस्रो माटो भएको स्थानमा जहाँ पनि उत्पादन गर्न सकिने भएकाले स्थानीय रूपमा समेत उत्पादन गर्न सकिन्छ । त्यसकारण पनि यो इँटा नेपालको धेरै जिल्लामा उत्पादन भइरहेको छ । यसको उद्योग सञ्चालन गर्न अन्य उद्योगजस्तो ठूलो क्षेत्र नचाहिने, एक–दुई जनाले नै मेसिन सञ्चालन गरेर उत्पादन गर्न सकिने भएकाले पनि यसको उत्पादन लागत अन्य इँटाको तुलनामा कम हुन्छ । दुर्गम क्षेत्रमा समेत उत्पादन गर्न सकिने र भूकम्प प्रतिरोधात्मक भएकाले नेपालका लागि यो इँटाको प्रयोग गरेर भवन निर्माण गर्नु बुद्धिमानी हुन्छ ।

घर निर्माणमा अनिवार्य भवन संहिता

काठमाडौं । ०७२ को विनाशकारी भूकम्पले धनजनको ठूलो क्षति गरायोे । त्यो क्षतिको प्रमुख कारण भूकम्पभन्दा पनि भवन निर्माण मापदण्ड अभाव र प्राविधिक ज्ञानको उपयोग नगरिनु पनि हो । हाल सरकारले घर (भवन) निर्माणमा भूकम्प प्रतिरोधात्मक व्यवस्थाको पालना गराउन कडाइ थालेको छ । भवन निर्माणका लागि आधारभूत निर्माणसम्बन्धी चार वटा मापदण्ड दस्तावेजमा लिपिबद्ध छन् । (क) नगर विकास ऐन, २०४५ (ख) भवन ऐन, २०५५ (ग) भवन संहिता, २०६०   (घ) बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ यिनमा भएका आधारभूत मापदण्ड ठाउँ विशेषअनुसार महानगरपालिका, नगरपालिका र गाउँपालिकामा फरक हुन सक्ने कानुनी व्यवस्था छ । तर, स्थानीय निकायहरूले लागू गर्ने मापदण्डको मूल आधार भने यिनै चार वटा दस्तावेज हुन् । यसमा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ का नियमलाई प्रस्ट पार्ने प्रयास गरिएको छ । सबभन्दा पहिले केही प्राविधिक पदावली हेरौं । जग्गा उपयोग प्रतिशत (ग्राउन्ड कभरेज) : यो भनेको भवनको भुइँ तलाको क्षेत्रफल र भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलको अनुपातलाई १०० ले गुणा गर्दा हुन आउने प्रतिशत हो । भुइँ क्षेत्रको अनुपात (एफ्एआर वा फ्लोर एरिया कभरेज): भवनको सम्पूर्ण तलामा निर्मित क्षेत्रफलको योगफललाई भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलले भाग गरेर आएको भागफललाई यसले जनाउँछ । सडकको अधिकार क्षेत्र (राइट अफ वे) : ऐन, नियम तथा स्वीकृत मापदण्डले तोकेको सडकको चौडाइलाई यसले जनाउँछ । सेटब्याक : आफ्नो जग्गामा भवन बनाउँदा साँधसिमाना, सार्वजनिक सम्पत्ति र सडक अधिकार क्षेत्रबाट छाड्नुपर्ने न्यूनतम दूरीलाई यसले जनाउँछ । खुला क्षेत्र : बस्ती विकासभित्रको त्यस्तो क्षेत्र, जहाँ अत्यावश्यक सार्वजनिक पूर्वाधार सेवा विस्तार गर्नबाहेक कुनै भौतिक संरचना निर्माण निषेध गरिएको हुन्छ । भवनको वर्गीकरण भवन ऐन, २०५५ अनुसार भवन संहिताको तर्जुमा तथा कार्यान्वयन गर्ने प्रयोजनका लागि भवनलाई क, ख, ग र घमा गरी वर्गीकरण गरिएको छ । हरेक वर्गका लागि केही विशेष प्रावधान हुन्छन् । क वर्ग : विकसित मुलुकमा अपनाइएका भवन संहितासमेतको अनुसरण गरी इन्टरनेसनल स्टेट अफ आर्टमा आधारित हुने गरी बनाइने अत्याधुनिक भवन । ख वर्ग : प्लीन्थ एरिया एक हजार वर्ग फिटभन्दा बढी, भुइँतलासहित तीन तलाभन्दा बढी वा स्ट्रक्चरल स्पान ४.५ मिटरभन्दा बढी भएका भवन । ग वर्ग : प्लीन्थ एरिया एक हजार वर्ग फिटसम्म, भुइँ तलासहित तीन तलासम्म वा स्ट्रक्चरल स्पान ४.५ मिटरसम्म भएका भवन । घ वर्ग : खण्ड क), ख) र ग) मा लेखिएबाहेकका काँचो वा पाको इँटा, ढुंगा, माटो, बाँस, खर आदि प्रयोग गरी दुई तलासम्म बनाइने घर, छाप्रा । भवनको वर्गीकरणअनुसार मापदण्ड फरक–फरक भएजस्तै तराई क्षेत्र, पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा छुट्टाछुट्टै मापदण्ड लागू गरेको देखिन्छ । उपत्यकाभित्र पनि ललितपुर र काठमाडौंमा फरक–फरक मापदण्ड रहेको छ । यहाँ मापदण्डको नमुनाको रूपमा काठमाडाैं महानगरपालिकाले लागू गरेको मापदण्डबारे चर्चा गरिएको छ । काठमाडौं महानगरले ऐतिहासिक, सांस्कृतिक, पुरानो सहर, पर्यटकीय वा पुरातात्विक क्षेत्रको आधारमा मापदण्ड निर्माण गरी लागू गरेको छ । सोहीअनुसार बेसमेन्टसम्बन्धी व्यवस्थामा दुई तलासम्मको बेसमेन्टसहित निर्माण गर्ने भए संधियारतर्फको सेटब्याक कम्तीमा तीन मिटर छाड्नुपर्नेछ । त्यसैगरी झ्याल, ढोका, बार्दली आदि राख्नुपरे कम्तीमा १.५ मिटर सेटब्याक छाड्नुपर्नेछ । पुरानो सहरी क्षेत्रमा सबैभन्दा माथिल्लो तलाको छानामा मात्र बढीमा ०.६० मिटरसम्मको सनसेड (टप) बाटो वा चोकतिर राख्न सकिनेछ । तर, चोकको कर्नरमा दुई वटा घरको साँधमा ४५० हुने गरी टप राख्नुपर्छ । पुरानो सहरी क्षेत्रबाहेक क्षेत्रमा ६ मिटर वा सोभन्दा बढी चौडाइ भएका सडकसँग जोडिएको कित्तामा भवन निर्माण गर्दा भुइँ तलामा व्यापारिक प्रयोजनका लागि सटर राख्न पाइनेछ । सटरतर्फको सेटब्याक कम्तीमा २ मिटर हुनुपर्छ । योजनाबद्ध आवासीय उप–क्षेत्रमा एफ्एआर ३.५ मिटर हुनेछ । त्यसैगरी स्थानीय सडकको क्षेत्राधिकारअन्तर्गत पुरानो सहरी क्षेत्रमा लागू गरिएको सडकको मापदण्डबाहेकका सम्पूर्ण सडकको न्यूनतम सेटब्याक १.५ मिटर कायम हुनेछ । कम्पाउन्ड वाल निर्माण गर्दा सडकको क्षेत्राधिकार (राइट अफ वे) नमिचिने गरी निर्माण स्वीकृति दिइनेछ । ५० मिटरभन्दा छोटो बाटो (कुल् डे स्याकरडेड एन्ड) को क्षेत्राधिकार ३ मिटर कायम गरी छेउबाट कम्तीमा १ मिटर सेटब्याक छाड्नुपर्नेछ । ५० मिटरभन्दा लामो सडकको क्षेत्राधिकार ४ मिटर कायम गरी १.५ मिटर सेटब्याक छाड्नुपर्नेछ । पुरानो सहरी क्षेत्रमा हाल कायम रहेका १.२ मिटरभन्दा साना गल्ली बाटोमा नयाँ संरचना निर्माण गर्दा कम्तीमा १.२ मिटर पुग्ने गरी बाटो कायम गरिनेछ । पुरानो सहरी क्षेत्रबाहेकका क्षेत्रमा बन्ने १७ मिटरभन्दा अग्ला सबै किसिमका भवनको हकमा भुइँ तला देखिने न्यूनतम सेटब्याक ५ मिटर हुनुपर्नेछ । भुइँ तलामा पार्किङ प्रयोजनका लागि निर्माण इजाजत लिने जग्गाले कम्तीमा ३ मिटरको बाटो छोएको हुनुपर्छ । काठमाडौं महानगरले अन्य मापदण्डमा आवासीय क्षेत्र, पुरानो सहरी क्षेत्र र उप–क्षेत्र गरी विभाजन गरेर मापदण्ड तय गरेको देखिन्छ । महानगरले यसबाहेक अन्य व्यवस्था काठमाडौं उपत्यकाका महानगर, नगरपालिका एवं नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड, २०६४, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ अनुसार हुने स्पष्ट लेखेको देखिन्छ । काठमाडौं महानगरपालिका र त्यसअन्तर्गतका स्थानीय क्षेत्रमा भवन निर्माण गर्दा माथिका मापदण्ड पालना नगरी बनाइएका भवनको नक्सा पास हुने छैन भने ती भवन महानगरको अभिलेखको रूपमा मात्र रहने स्पष्ट नियम छ ।

नक्सा पास नगर्नेको सेवा सुविधा रोकिने

पर्वत : म्याग्दीको मालिका गाउँपालिकाले नक्सा पास नगरी घर निर्माण गर्ने नागरिकको सार्वजनिक सेवा रोक्का गर्ने निर्णय गरेको छ। गाउँपालिकाले बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड–२०७२ लाई कडाइका साथ लागु गर्ने निर्णय गरेको हो। गत पुसमा कार्यपालिकाले भवन निर्माणमा मापदण्ड पूरा गर्नुपर्ने निर्णय गरे पनि गाउँपा...