काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको दाेस्राे खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लक र उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् ।
दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।
आजको बराबरीसँगै मच्छिन्द्रको दुई खेलमा चार अङ्क भएको छ भने आर्मीको दुई खेलमा दुई अङ्क रहेको छ ।
यसअघि आज भएकाे पहिलाे खेलमा ब्रिगेड ब्वाइज र न्युराेड टिम (एनआरटी) ले गाेलरहित बराबरी खेलेका छन् ।