'जग्गाको कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुने अवस्था छैन'

काठमाडौं : नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताकाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताएका छन्। अध्यक्ष लोहनीले घर जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै घर जग्गा कारोबारमा भने सहजता आउने बताएका हुन्।उनले जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुन्छ भन्नु ओभर कन्फिडेन्स हुने उल्लेख गरे। उनले मुलुकको वर्तमान अर्थतन्त्र चलायमान जग्गाको कित्ताकाट खोलेर मात्रै नभएर अर्थतन्त्रका अन्य परिसूचकहरु पनि सुधार हुन आवश्यक र

सम्बन्धित सामग्री

कित्ताकाट खुलेसँगै घरजग्गा कारोबार बढ्ला ?

सरकारले अर्थतन्त्र चलायमान हुन अवरोध भएको महसुस गरी पूर्ण रुपमा घरजग्गाको कित्ताकाट खुलाएको छ । देशभर नै जग्गाको वर्गीकरण चलेको बेला सरकारले गरेको यो निर्णयले आगामी दिनमा कारोबार के होला भन्ने संशय पैदा गरेको छ । निजी क्षेत्रले घरजग्गामा ठूलो रकम लगानी भएको र यसको कारोबार नचल्दा पुँजी फसेको भन्दै सरकारलाई जग्गाको कित्ताकाट खुलाउन आग्रह […]

सरकार कित्ताकाट किन खोल्दै छ ?

भूउपयोग नीतिले जग्गाका वर्गीकरण नगरी कित्ताकाट गर्न नपाइने नियम ल्याए पनि अहिले सरकारले त्यसलाई छलेर कित्ताकाट गर्न दिने नियम ल्याउँदै छ । यो भनेको सरकारको आफ्नै निर्णय लत्याउने काम हो । यसले सरकार कतिसम्म लापर्बाह छ भन्ने देखाउँछ ।  जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय निकै गलत छ । भूमिसम्बन्धी ऐन र नियमावली एकदमै राम्रो छ । अहिलेको अवस्थामा पूर्वाधार निर्माण गर्नपर्ने अवस्थामा सडक र विद्युत्बाहेक जग्गा नै ठूलो समस्याको रूपमा रहेको छ । भू–उपयोग ऐनले जग्गालाई कृषि, औद्योगिक, आवादीलगायत १० ओटा विषयमा वर्गीकरण गरेको छ । यो वर्गीकरण नभई कित्ताकाट गर्न दिने हो भने जग्गाको दुरुपयोग बढ्नेछ । केही मानिसहरूले कित्ताकाट खोल्न माग गरेका छन् । यो वास्तवमा सट्टेबाजहरूको माग हो । कित्ताकाट खोल्ने कामले जग्गाको कृषि, उद्योग वा अन्य विषयगत कुरामा उपयोग हुन दिँदैन । सट्टेबाजहरूले नै चलखेल गरेर जग्गाको भाउ बढाई कमाउने काम गर्छन् । यसो गर्दा न उत्पादन बढ्छ, न रोजगारी नै । सरकारले केही राजस्व बढाउने नाममा अहिले खुला गर्न लागिएको कित्ताकाट गलत हो । नेपालमा जतिबेलासम्म जग्गाको व्यवसाय गरेर नाफा आउने काम हुन्छ, त्यतिबेलासम्म कसैले पनि अन्य क्षेत्रमा लगानी गर्दैन । जग्गाको कारोबारमा छूट दिएपछि बैंकमा तरलता राम्रो हुने, ब्याजदर घट्ने र अर्थतन्त्र चलायमान हुन्छ भन्ने सोच गलत मात्र होइन समस्यालाई बल्झाउने काम हो ।  नेपाल राष्ट्र बैंकले राम्रोसँग नियमन गरेको बैंकिङ क्षेत्र र बीमा प्राधिकरणले नियमन गरेको बीमा क्षेत्र अरू लगानीका लागि स्रोत नै परिचालन गर्न सकेको छैन । आर्थिक वृद्धिदर, अर्थतन्त्रको बा≈य क्षेत्र र सरकारी बजेटको कार्यान्वयन हेर्दा शेयर र जग्गाको मूल्य निकै अस्वाभाविक छ । यसले अर्थतन्त्रलाई थप समस्यामा पार्ने देखिन्छ । सरकारले दीर्घकालीन सोच लिएर काम गर्नुपर्ने हो । तर अल्पकालीन र आसेपासेका कुरा सुनेर नीति लिने गर्दा मुलुक झनै समस्यामा पर्दै गएको छ । जग्गाको कित्ताकाट खोल्नु पनि यस्तै हो । त्यसैले यस्तो काममा विनागृहकार्य अघि बढ्नु उचित हुँदैन ।  महादेव अधिकारी, कलंकी, काठमाडौं