राष्ट्रिय सभामा प्राकृतिक स्रोत आयोग र  योगमाया विवि विधेयक प्रतिवेदन पेश

राष्ट्रिय सभामा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रोे वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रतिवेदन पेश गरेका हुन् ।   विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सदस्य देवेन्द्र दाहालले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पनि सभासमक्ष पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक असार २९ अपराह्न ३ बजे बस्नेछ ।

सम्बन्धित सामग्री

लोक सेवा, प्राकृतिक स्रोत तथा वित्त र भाषा आयोगले बुझाए वार्षिक प्रतिवेदन

काठमाडौं । लोक सेवा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले राष्ट्रपति पौडेललाई नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/८० […]

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन संसद्मा पेश

काठमाडौं,२४ चैत । ‘ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन -२०७९ ’ प्रतिनिधसभामा पेश  भएको छ । शुक्रवारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्रपतिसमक्ष ७ आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न ७ आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगहरूले राष्ट्रपतिसमक्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन पेश गर्नेमा मधेसी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोग रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सांसदको गुनासो : भत्ता काटिँदा बैठकमा कोरम पुगेन

२२ साउन, विराटनगर । प्रदेश १ को प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवा लिम्बूले बैठक भत्ता कटौती भएका कारण संसदीय समिति प्रभावकारी नभएको बताएका छन् । आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेश गर्दै उनले सरकारले भत्ता कटौती गरेका कारण बैठकमा कोरम पुर्‍याउन पनि मुश्किल परेको बताएका हुन् । ‘बीचमा के लागेर हो भत्ता […]

सदनमा विभिन्न प्रतिवेदन पेश

काठमाडौँ,२२ साउन । प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेकि छिन् । प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले उक्त विधेकमाथि नौ समूहका १३ जना सांसदले प्रस्तावनासहित २४ दफामा ३९ संशोधन प्रस्ताव राखेको सुवेदीले जानकारी दिइन् । समितिका नौवटा बैठकमा छलफल […]

प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेश

प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेकी छन् । प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले उक्त विधेयकमाथि नौ समूहका १३ जना सांसदले प्रस्तावनासहित २४ दफामा ३९ संशोधन प्रस्ताव राखेको जानकारी दिइन् । समितिका नौवटा बैठकमा छलफल गरी सर्वसम्मतरुपमा उक्त प्रतिवेदन तयार पारी सदनमा पेश गरिएको पनि उनले जानकारी दिइन् । उक्त विधेयकमाथि कार्यदल गठन गरीसमेत छलफल भ

सदनमा विभिन्न प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेकी छन् । प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले उक्त विधेकमाथि नौ समूहका १३ जना सांसदले प्रस्तावनासहित २४ दफामा ३९ संशोधन प्रस्ताव राखेको सुवेदीले जानकारी दिइन् । समितिका नौवटा बैठकमा छलफल गरी […]

प्रतिनिधिसभा बैठक आज बस्दै, सांसदहरुले विशेष समयमा धारणा राख्नुहुने

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सांसदहरुले विशेष समय र शून्य समयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको संघीय सचिवालयका पदाधिकारीहरुले जानकारी गराउनुभएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा दुईवटा वार्षिक प्रतिवेदन पेश गर्नु हुनेछ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन सरकारको तर्फबाट पेश हुने कार्यसूची तय गरिएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।